बीपीका उपकूलपति डा.कार्कीलाई बर्खास्त गर्न कर्मचारीको माग

बीपीका उपकूलपति डा.कार्कीलाई बर्खास्त गर्न कर्मचारीको माग
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा.प्रल्हाद कार्कीको राजीनामा माग गरिएको छ। गैह्र कानुनीरुपमा नियुक्त गरिएको भन्दै प्रतिष्ठानका कर्मचारीहरूले उपकूलपति कार्कीको राजीनामा मागेका हुन्।

प्रतिष्ठानको शिक्षक कल्याण समाज र कर्मचारी कल्याण समाजले एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै  डा.कार्कीलाई उपकूलपतिबाट तत्काल बर्खास्त गर्न माग गरेका छन् ।

कार्कीलाई बर्खास्त गरी तत्काल शिक्षक कर्मचारीको बढुवा प्रक्रिया अगाडि नबढाइए आकस्मिकबाहेकका सेवा बन्द गर्ने चेतावनी समेत दिएको छ। कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले डा.कार्कीलाई बर्खास्त नगरिए शनिबारदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएकी छन्।

कार्कीले प्रतिष्ठानबाट अवकास भएपनि स्वास्थ्यमन्त्रीले उपकूलपतीको जिम्मेवारी दिएका प्रतिष्ठानको दैनिक कामकाज अगाडी बढाएको बताए । स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले  प्रतिष्ठानको काम’ उपकूलपति नियुक्तिको विषयमा आफूलाई कुनै जानकारी नभएको बताए।

स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट अवकास पाएका डा. कार्कीलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले उपकूलपतिमा नियु्क्त गरेका हुन् । गत मंसीर ५ गते बीपी प्रतिष्ठानको शिक्षकबाट अवकास भएका कार्कीलाई मन्त्री बस्नेतले गैह्र कानुनीरुपमा नियुक्त गरेको हो।

प्रतिष्ठानका तत्कालिन उपकूलपति डा.ज्ञानेन्द्र गिरी भ्रष्टचार अभियोगमा निलम्बनमा परेपछि मन्त्री बस्नेतले कार्कीलाई प्रतिष्ठानको उपकूलपतिको जिम्मेवारी दिएका थिए । डा. कार्की ६५ वर्षीय उमेरहदका कारण मंसीर ५ गते अवकास भइसकेका छन् ।

प्रतिष्ठानमा उपकूलपति, शिक्षाध्यक्ष, रजिष्टार र निर्देशक गरी चारजना पदाधिकारी रहने व्यवस्था छ । प्रतिष्ठानको शिक्षाध्यक्ष,रजिष्टार र निर्देशक नियुक्ति गर्दा उपकूलपतिले तीनजनाको नाम सिफारिस गरेपछि स्वास्थ्यमन्त्रीले एकजनालाई नियुक्ति दिने व्यवस्था छ । उपकूलपतिको हकमा भने प्रतिष्ठानको सहकूलपति रहेका स्वास्थ्यमन्त्रीले तीनजनाको नाम प्रधानमन्त्रीलाई सिफारिस गर्ने र जसमध्ये एकजनालाई प्रतिष्ठानको कूलपति समेत रहेका प्रधानमन्त्रीले उपकूलपति नियुक्त गर्ने प्रावधान छ । 

प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष प्रदिप आचार्यले प्रतिष्ठानबाट अवकास भएका कार्कीलाई गैह्रकानुनीरुपमा उपकूलपति नियुक्त गरी प्रतिष्ठानलाई अस्तव्यस्त बनाएको आरोप लगाएका छन् । उनले कार्की उपकूलपति भएपछि कासको बैठक नबसाउने, शिक्षक कर्मचारीको बढुवा र दैनिक कामकाज समेत नगरी प्रतिष्ठानलाई अस्तव्यस्त बनाएको आरोप लगाए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.