पश्चिम सेतीलगायत योजनाहरू फास्ट ट्रयाकबाट सम्पन्न गर्न सरकार लागिपरेको छ : उपप्रधानमन्त्री

पश्चिम सेतीलगायत योजनाहरू फास्ट ट्रयाकबाट सम्पन्न गर्न सरकार लागिपरेको छ : उपप्रधानमन्त्री
तस्बिर : अन्नपूर्ण

टीकापुर : उपप्रधान तथा रक्षामन्त्री पूणर्बहादुर खड्काले विकासका थुप्रै सम्भावना रहेको सुदूरपश्चिम र कर्णाली  प्रदेशलाई विकासको मुलधारमा ल्याउनका लागि सरकारले राष्टिय गौरवका आयोजना अघि सारेको बताएका छन् । 

टीकापुर उद्योग वाणिज्य संघको आयोजनामा आजदेखि माघ ८ गतेसम्म सञ्चालन हुने टीकापुर महोत्सव २०८० को उद्घाटन गर्दै मन्त्री खड्काले सो कुरा बताएका हुन् ।  हालै मात्रै १० हजार ८ सय मेगावाटको कर्णाली विद्युत परियोजनाको सम्भाव्यता अध्ययनका लागि नेपाल विद्युत प्राधिकरणलाई जिम्मेवारी दिने निणर्य सरकारले गरेको छ,'मन्त्री खड्काले भने,'पश्चिम सेती आयोजना, रानी, जमरा, कुलरिया सिँचाइ आयोजना, पञ्चेश्वरलगायतका योजना फास्ट ट्याकबाट सम्पन्न गर्नेतर्फ सरकार गम्भीर भएर लागिरहेको छ ।’

सुदूरपश्चिम मात्रै नभएर समग्र देशको आर्थिक विकासमा टेवा पुर्याउने गौरवका आयोजनाले सुदूर र कणरली प्रदेशलाई समृद्ध बनाउने मन्त्री खड्काले बताए । यहाँको पर्यटन, यहाँको जडिबुटी, जलविद्युत आदिलाई ब्राण्डिङ्ग गर्दै कैलाश मानसरोबरसम्म भारतीय पर्यटक भित्र्याउन चिसापानी जंगलघाट सडकखण्डको काम अघि बढाइएको छ, दुई दिनअघि मात्रै सो सडकखण्डका रुखहरु कटानको आदेश मन्त्रिपरिषदले दिएको छ,'मन्त्री खड्काले भने,'टीकापुरको सत्तीस्थित भन्सार कार्यालयलाई कर्णाली प्रदेशको प्रवेश मार्गका रुपमा विकास गर्न पनि उक्त सडक महत्वपूर्ण हो,यसमा सरकार गम्भीर भएर लागि रहेको छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.