साढे ४ लाख बराबरको सामग्री लुटपाट

साढे ४ लाख बराबरको सामग्री लुटपाट
सांकेतिक तस्बिर
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको मनरामा गएराति एक घरबाट चार लाख ५० हजार बराबरको सरसमान लुटपाट गरिएको छ। 

बिहीबार रातिको समयमा मनरा सिसवा नगरपालिका–७  झिङगाथान पछबारी टोलबाट स्थानीय वैजु साहको घरमा सो परिमाणको धनमाल लुटपाट भएको हो। लुटेरा समूहको कुटपिटबाट घरका दुईजना महिला घाइते भएका छन्।

प्रहरीका अनुसार छतको बाटो हुँदै घरभित्र प्रवेश गरेको पाँच जनाको समूहले कुटपिट गर्दै चोरी गरेको हो। महोत्तरीका एसपी प्रकाश मल्लका अनुसार सो समूहले घरबाट ३ तोला सुन, ३० तोला चाँदीका गरगहना, नगद ३० हजार रुपैयाँ २ थान मोबाइल लुटपाट गरिएको हो। एसपी मल्लका अनुसार घटनाका सम्बन्धमा प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेका छन्।

सो परिवारका तीन दाजुभाइ लामो समयदेखि वैदेशिक रोजगारीका लागि खाडी मुलुकमा गएकाले महिला र नाबालक मात्र रहेको मौका पारी लुटपाट गरेको बुझिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.