नुवाकोटमा राष्ट्रिय एकता दिवस मनाइयो

नुवाकोटमा राष्ट्रिय एकता दिवस मनाइयो

नुवाकोट : नुवाकोटको विभिन्न स्थानमा शुक्रबार राष्ट्रिय एकता दिवस मनाइएको छ। नुवाकोटबाटै बृहत् नेपालको एकीकरण गरेको सम्झनामा दिवस मनाइएको हो। 

३०२औं पृथ्वी जयन्ती नुवाकोटको साततले दरबार राष्ट्रिय संग्रहालय क्षेत्र, पृथ्वी स्मारक देवीघाट र विदुरलगायतका स्थानमा विभिन्न कार्यक्रम गरी मनाइएको हो। 

पृथ्वीनारायण शाहले १८०१ असोज १५ गते नेपाल एकीकरणको विजयी सुरुवात गरेका नुवाकोटको साततले दरबार राष्ट्रिय संग्रहालय, पृथ्वीनारायणले देह त्याग गरेको देवीघाटस्थित उनको पूर्ण कदको शालिक स्थापित देवीघाट र सदरमुकाम विदुरमा राष्ट्रिय एकता दिवस मनाइएको हो। 

२२ वर्षकै उमेरमा १८०१ सालमा नुवाकोटबाट आक्रमण गरेर नेपालको एकीकरण सुरुवात गरेका शाहले त्यसपछि बेलकोट, मालाकोट, कान्तिपुर, कीर्तिपुरलगायत आक्रमणसँगै विजयी गरेर नेपाललाई एउटै बनाएका थिए। उनले नेपाल एकीकरण गर्नु अगाडि नवक्वाठको नामले चर्चित पछि अपभ्रंश हुँदै यस जिल्लाको नाम नुवाकोट रहन गएको हो। 

नुवाकोटमाथि पहिलो विजय प्राप्त गरेपछि पृथ्वीनारायण शाहले नुवाकोटमा बसेर काठमाडौं उपत्यकामा विजय अभियान सञ्चालन गरेका थिए। पृथ्वीनारायण शाहले तेस्रो प्रयासमा गत १८०१ साल असोज १५ गते नुवाकोट टाकुरोमाथि रहेको राज्यमाथि आक्रमण गरी आफ्ना फौजमार्फत विजय प्राप्त गरेका थिए। 

नुवाकोटपछि शाहले बेलकोट, कीर्तिपुर तथा काठमाडौंका राज्यहरूमाथि विजय हात पारेका थिए। नुवाकोटमा पृथ्वीनारायण शाहको पूर्णकदको शालिक, उनले बनाएको साततले दरबार तथा विभिन्न पुरातात्त्विक संरचनाहरू रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.