उर्लिएर बग्छ आँसु किन तिम्रो यादमा ?
बादल झैं टाढा भयौ किन एकै निमेषमा
जीवनको मोडमा समयको खेल कस्तो ?
एउटै मुटु एउटै धड्कन किन पराइ जस्तो ?
वसन्तमा कोइलीले गाइरहेछ मिठो गीत
फूलसँग पुतलीले लाएको छ चोखो प्रीत।
मलाई छोडी धेरै टाढा तिमी भए पनि
सातजन्म तिम्रै हुन्छु अन्तै माया लाए पनि।