अछामका स्थानीय तहमा भ्रष्टचार बढ्यो, अख्तियारमा १८८ उजुरी

अछामका स्थानीय तहमा भ्रष्टचार बढ्यो, अख्तियारमा १८८ उजुरी

अछाम : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अछामका १० स्थानीय तहका भ्रष्टाचार सम्बन्धी १८८ उजुरी परेको छ। 

साँफेबगरमा शनिबार आयोगको कञ्चनपुर कार्यालयले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी पालिका स्तरीय कार्यक्रममा गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा परेको उजुरीको तथ्यांक प्रस्तुत गरिएको हो। आयोगका अनुसार गत आर्थिक वर्षमा १०७ र चालु आर्थिक वर्षको ६ महिनामा ८१ वटा उजुरी परेको हो। 

अख्तियारमा परेको उजुरी मध्ये ५२ वटाको फर्छ्योट भएको छ। १३६ उजुरी अनुसन्धानका क्रममा रहेको अख्तियार कञ्चनपुर कार्यालयका लेखा अधिकृत बसन्तबहादुर शाहीले जानकारी दिए। 

कमलबजार नगरपालिकाको ४३, मंगलेसन नगरपालिकाको २६, ढकारी गाउँपालिकाको २४, तुर्माखाद गाउँपालिका १९,पञ्चदेवल बिनायक नगरपालिका १७, रामारोशन गाउँपालिका १६,चौरपाटी गाउँपालिकाको १५, साँफेबगर नगरपालिकाको १३, मेल्लेख गाउँपालिकाको १० र बान्नीगढी जयगढ गाउँपालिकाको ५ भ्रष्टाचार सम्बन्धी उजुरी परेको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.