बाक्लो हुस्सु र शीतलहरबाट जनजीवन प्रभावित

बाक्लो हुस्सु र शीतलहरबाट जनजीवन प्रभावित
फाइल तस्बिर।
सुन्नुहोस्

महोत्तरी : बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रत्यक्ष रुपले प्रभावित भएपछि महोत्तरीका दुई पालिकाले दाउरा वितरण गरेका छन्। जिल्लाका औरही र मनराशिशवा नगरपालिकाले पालिकाभरिमा रहेको गरिब बस्तीहरु र बाक्लो ओहोरदोहर हुने चोकमा आगो बाल्ने दाउरा वितरण गरेको हो।

यहाँको हरेक वडामा आवश्यक पर्ने दाउरा वितरण गरिएको औरही नगरपालिकाका नगरप्रमुख प्रदिपकुमार खडकाले बताए। मौसमलाई ध्यानमा राख्दै नगरले अगामी दिनमा जनमैत्री कदम उठाउने जानकारी दिए।

गौशाला नगरपालिका वडा नं. ९ को दलितवस्तीमा चिसोबाट बचाउनका लागि न्यानो कपडा वितरण गरिएको छ। वडाअध्यक्ष वद्री सिंह दनुवारका अनुसार आफूले वडाभरिमा ४ सय ४३ जना ज्येष्ठ नागरिक, दलित, अपाङ्ग तथा एकल महिलालाई सिरक वितरणसहित सम्मान गरेको जनाएको छ।

महोत्तरीका दक्षिणवर्ति भेगमा साता दिनदेखि चलेको शीतलहरबाट विपन्न समुदाय प्रभावित हुँदै आए पनि संस्थागत रुपमा यस वर्ष न्यानो कपडा वितरण गर्ने गौशालाको ९ नं वडा कार्यालय सम्भवतः पहिलो वडा बनेको छ।

वडा सचिव उमाकान्त महतोले वडाको बजेटबाट कट्टा हुने गरी प्रतिसिरक एक हजार ५० रुपियाँको दरले ४ लाख ६५ हजार मूल्यबराबरको फाइवर सिरक वितरण गरेको जनाए।  सिरक पाएपछि शीतलहरबाट जोगिन राहत मिलेको गरिबी तथा विपन्न समुदायले जनाएका छन्।

यता जिल्ला समन्वय समितिको कार्यालय महोत्तरीले जिल्लाका १५ वटै स्थानीयतह र जिल्लामा दैवी प्रकोप उद्धार समितिसँग चिसोबाट बर्सेनि हुँदै आएको जनधनको क्षति हुन नदिन पूर्वसतर्कता र आवश्यक तयारीका लागि आग्रह गरेको छ।

जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनकुमार लाल कर्णका अनुसार यहाँका स्थानीयतहलाई तत्काल आवश्यक सहयोग, समन्वयका लागि अनुरोध गरेपछि ती पालिकाले क्रमिक रुपमा विपद व्यवस्थापनमा जुटेको छ। समयमै तदारुकता अपनाइयो भने क्षति रोक्न सकिने भएकोले पछिल्लो तीन-चार दिन यता ठाउँठाउँमा आगो बाल्ने र  गरिब बस्तीमा ओढ्नेको प्रबन्ध मिलाएको प्रमुख कर्णले बताए।

शीतलहरसँगै चिसो हावाको कारणले जाडो अत्यधिक मात्रामा बढेसँगै यहाँका प्रमुख बजार र ग्रामीण भेगमा चहलपहल घटेको छ। यस क्षेत्रमा लाग्ने बाक्लो कुहिरोका कारणले ग्रामीण क्षेत्रमा यातायातका साधन चलेका छैनन्। ग्रामीण भेगमा दाउरा नहुँदा स्थानीय गोबरको गुइँठा, परालको जोहो गर्न लागेका छन्। बाक्लो कुहिरोका कारणले तेलहन, दलहन, आलु खेतीलगायतमा नकारात्मक असर पर्नुका साथै पशु चौपाया पनि प्रभावित हुन थालेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.