धनगढीको अत्तरियास्थित दोहोरी साँझमा कुटपिट, एकको मृत्यु, ६ जना पक्राउ

धनगढीको अत्तरियास्थित दोहोरी साँझमा कुटपिट, एकको मृत्यु, ६ जना पक्राउ
तस्बिर : अन्नपूर्ण

डीएसपी चन्दका अनुसार पुस २५ गते राती दोहोरी बन्द भएपछि मृतक देउवा र उनका साथी टेकबहादुर नायक बाहिर निस्केका देखिन्छन् । नायक फेरि दोहोरीमा पस्छन् । त्यतिबेला बाहिर कुरिरहेका देउवा बेपत्ता हुन्छन् ।

धनगढी : अत्तरियाको दोहोरी साँझमा कुटपिटपछि एकजनाको मृत्यु भएको छ। पुस २५ गते अत्तरियाको न्यु सत्कार दोहोरी गएका कञ्चनपुरको कृष्णपुर नगरपालिका- ५ का ४२ वर्षीय श्याम देउवाको कुटिपटबाट हत्या भएको हो।

कुटपिटबाट घाइते भएका उनको  धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा पुस २६ गते मृत्यु भएको हो।

हत्या प्रकरणमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार दोहोरी साँझको सीसी क्यमेराको भीडीयो हेर्दा त्यसमा सामान्य भनाभन बाहेकको कुटपिट नदेखिएपछि घटना रहस्यमयी बन्दै गएको छ ।

घरबाट पुस २५ गते अत्तरियातर्फ आएका देउवा २६ गते बिहान कृष्णपुरकै चौकीडाँडामा घाइते अवस्थामा फेल परेपछि आफन्तहरूले उनलाई उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल पुर्‍याएका थिए । तर उनको त्यसैदिन मृत्यु भएको थियो ।

शरीरभरी घाउ भएको अवस्थामा घाइते फेला परेका देउवाको मृत्युपछि आफन्तहरूले ६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् ।  मृतकका आफन्त चक्रबहादुर देउवाले कृष्णपुर नगरपालिका वडा नम्बर ४ का टेक बहादुर नायक,वडा नम्बर ९ का राम बहादुर ऐर, गोदावरी नगरपालिका वडा नम्बर १ का विनोद शाह, वडा नम्बर १ कै उमेश बढैला, यज्ञ विक र गोदावरी- ६ का प्रकाश ओली विरुद्ध किटानी जाहेरी दिएका छन् । प्रहरीले किटान गरिएका ६ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढिरहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डीएसपी कुलदिप चन्दले शनिबार दोहोरी साँझको सीसी क्यामेराको फुटेज नियन्त्रणमा लिएको बताए । ‘दोहोरी भित्रको सीसी क्यामेराको फुटेज हेर्दा नाच्ने बेला केही विवाद भएको देखिन्छ तर कुटपिट भने देखिदैन,'डीएसपी चन्दले भने ।

डीएसपी चन्दका अनुसार पुस २५ गते राती दोहोरी बन्द भएपछि मृतक देउवा र उनका साथी टेकबहादुर नायक बाहिर निस्केका देखिन्छन् । नायक फेरि दोहोरीमा पस्छन् । त्यतिबेला बाहिर कुरिरहेका देउवा बेपत्ता हुन्छन् ।

'नायक देउवाको मोबाइल छुटेको र लिन भनेर दोस्रो पटक दोहोरी पसेका रहेछन्, तर त्यो मोबाइल भेटिएको छैन,'उनले भने। प्रहरीले दोहोरीबाट बाहिर निस्केपछि देउवामाथि कुटपिट भएको आशंका गरेको छ । 'आइतबार ६ जनाको म्याद थप गर्ने तयारी भएको छ । त्यसपछि बयान सुरु हुन्छ, 'डीएसपी चन्दले भने ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.