प्रधानमन्त्री कप: कर्णाली सात विकेटले विजयी

प्रधानमन्त्री कप: कर्णाली सात विकेटले विजयी
सुन्नुहोस्

बुटवल : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई ७ विकेटले पराजित गरेको छ। 

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा आइतबार भएको खेलमा कर्णालीले ३३ दशमलब २ ओभरमै गण्डकी प्रदेशले दिएको लक्ष्य भेट्याएको हो। योसंगै गण्डकीले लगातार दोस्रो हार व्यहोरेको छ।

जितका लागि गण्डकीले दिएको १२३ रनको लक्ष्य कर्णालीले तीन विकेटको क्षतिमा ७० बल बाँकी छँदै भेट्यायो। कर्णालीका लागि हिमान्सु शाहीले ७१ बलमा ५३ रनको अर्धशतकीय योगदान गरे। उनले ५ चौका र २ छक्का प्रहार गरेका थिए। यस्तै, निश्चल रावलले अविजित २९, रवीन्द्र शाहीले २० र अर्जुन घर्तीले नटआउट १० रन जोडे। 

बलिङमा गण्डकीका अंकीत न्यौपानेले २ तथा विपिन खत्रीले १ विकेट लिए। खत्रीले ९ ओभरमा २ रन खर्चेर विकेल लिएका थिए। टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित ४५ ओभरमा ९ विकेट गुमाउँदै १२२ रनको योगफल बनाएको थियो। 

गण्डकीका लागि अमृत गुरुङ र कमल परियारले समान २१ रन जोडे।  अगाडिका पाँच ब्याटरले दोहोरो अंकमा रन बनाउन नसक्दा छैटौं नम्बरमा आएका ब्याट्सम्यान अश्वानी रानाले १६ र कप्तान विपिन खत्रीले १० रन मात्रै जोड्न सके। चन्द्र पौडेल १४ र अंकित न्यौपाने २ रनमा अविजित रहे।

कर्णालीका लागि अनुज चुनारा, दिनेश अधिकारी र दीपेन्द्र रावतले समान दुई–दुई विकेट लिए। यस्तै, प्रकाश जैशी, दिवान पुन र रवीन्द्र रावतले एक–एक विकेट लिए। 

प्रधानमन्त्री कपका लागि पहिलोपटक काठमाडौं बाहिर भैरहवाको सिद्धार्थ क्रिकेट मैदानमा ११ वटा खेल हुँदै छन्। सोमबार लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.