बीपीका चिकित्सक र कर्मचारी आन्दोलित, सेवा ठप्प

बीपीका चिकित्सक र कर्मचारी आन्दोलित, सेवा ठप्प
तस्बिर : अन्नपूर्ण

धरान : चिकित्सक र कर्मचारीहरुको आन्दोलनका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्वास्थ्य सेवा ठप्प भएको छ ।  उनीहरुको आन्दोलनका कारण उपचारका लागि आएका सयौं बिरामी विनाउपचार घर फर्किएका छन् ।

प्रतिष्ठान व्यवस्थापन पक्षले बढुवा प्रकृया अगाडि नबढाएको भन्दै आइतबारदेखि काम छाडेर आन्दोलनमा उत्रिएका छन् । उनीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरु प्रतिष्ठानको उपकूपति कार्यालय अगाडि धर्नामा बसेका छन् । 

कर्मचारीहरु बिरामीको पूर्जा काट्ने विल काउण्टर बन्द गरेर धर्नामा बसेका छन् । चिकित्सकहरु बिरामी जाँच्न छाडेर धर्नामा बसेका छन् । चिकित्सक र कर्मचारीहरुले एकैसाथ आन्दोलन थालेपछि प्रतिष्ठानको आकस्मिकबाहेकका सबै सेवा ठप्प भएको हो । 

आन्दोलनरत चिकित्सक र कर्मचारीलाई काममा फर्काउन प्रतिष्ठान व्यवस्थापन पक्षले पहल गरेको छैन् । प्रतिष्ठानमा डा.प्रल्हाद कार्की उपकूलपति, डा.संजीवकुमार शर्मा शिक्षाध्यक्ष, सूर्यप्रसाद सर्गौला र डा. जगतनारायण प्रसाद निर्देशक रहेका छन् । तर,यी चारजना पदाधिकारीबीच नै आपसी समन्वय नहुँदा प्रतिष्ठानको अवस्था कमजोर बनेको छ ।

लामोसमयदेखि व्यवस्थापन पक्षले चिकित्सकहरुको बढुवा प्रक्रया अगाडि नबढाएका कारण काम छाडेर आन्दोलनमा उत्रनु परेको प्रतिष्ठानको शिक्षक कल्याण समाजका उपाध्यक्ष डा.प्रदिप आचार्यले बताएका छन् । उनले प्रतिष्ठानबाट अवकास भइसकेका प्रल्हाद कार्कीलाई स्वास्थ्यमन्त्री मोहन बस्नेतले कामू उपकूलपतिको जिम्मेवारी दिएका कारण प्रतिष्ठान सञ्‍चालनमा नै समस्या भएको आरोप लगाए ।

प्रतिष्ठानको कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले  उपकूलपतिको जिम्मेवारी लिएका कार्कीले कार्यकारिणि समितिको बैठक नबोलाएको र कार्यालयमा समेत नबसेका कारण प्रतिष्ठान सञ्‍चालनमा गम्भीर समस्या भएको बताइन्। । 

उनले तत्काल प्रतिष्ठानको कार्यकारिणि समितिको बैठक बोलाएर चिकित्सक र कर्मचारीका मागलाई सम्बोधन गर्न माग गरेकी छन् । प्रतिष्ठानको स्वास्थ्य सेवा ठप्प भएको विषयमा कामु उपकूलपति कार्कीलाई फोन गरि बुझ्न खोज्दा उनले फोन उठाएनन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.