शीतलहर कहर : चिसोबाट बच्‍न घुरकै सहारा

शीतलहर कहर : चिसोबाट बच्‍न घुरकै सहारा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : मोरङको बुढीगंगा गाउँपालिका- ३ फेकनी रिसिदेव घरका सबै सदस्यसहित दिनभरी घुर बालेर शीतलहरबाट जोगिने गरेका छन्।  ५५ वर्षीया रिसिदेव बिहान चार बेजेदेखि राती अबेरसम्म नहरको डिलमा घुर बालेर समय बिताउने गरेकी छन् ।

चिसोबाट जोगिने  न्यानो लुगा नभएपछि नहरको डिलमा घुर बालेर दिन कटाउने गरेको उनले दुखेको पोखिन्। घुरका लागि पनि साहुबाट पराल  र भुस मागेर ल्याउनु परेको उनले बताइन्।'सानासाना नातिनातिनीहरु छन्,घुर नबाले चिसोले कठ्यांगिएर मृत्यु हुन बेर लाग्दैन,'उनले भनिन्, 'कोही हाम्रो अवस्था बुझ्नन आउँदैन ।'

उनीसँगै रहेका ५० वर्षीय हरिनारायण रिसिदेवले शीतलहर सुरु भएदेखि घुर बालेर दिन कटाउने गरेको बताए। 'उनले भने ,‘दुई /तीनजना परिवार मिलेर घुर बालेर दिन कटाउने गरेको छु  । ‘काम पनि छैन , पेट पाल्न त ऋण नै लिनुपर्ने अवस्थामा काहाँ जाने र के गर्ने अन्यौलमा हामी छौं । '

नहरको डिलमा ऐलानीमा बसेका करिब १ सय ५० घर परिवार सुकुमबासीहरुको दिनचर्या यसरी नै बित्ने गरेको छ।  उनीहरूसँग जाडोमा लगाउने न न्यानो कपडा छ न त आगो बाल्न गतिलो दाउरा छ। आफूसँग जाडो भगाउन गतिलो माध्यम नभएपछि उनीहरू घुरको सहारा लिन बाध्य भएका हुन्।

वडा नम्बर ४ की ६८ वर्षीय शान्ति चौधरीले आफूहरूको पीडा बुझिदिने कोही नभएको बताइन्।  'समस्या बुझिदिने कोही छैन,बुझ्न पनि आउँदैनन्।  न्यानो लुगा मात्र दिए पनि हुन्थ्यो । काम गरेर पेट पाल्न धौधौ परेका बेला कसरी लुगा किन्नू,'उनले भनिन्।

null

लखन्तरी चौधरीले शीतलहरबाट बच्न पराल बाल्ने गरेको बताइन्।  उनले कम्तिमा दाउराको व्यवस्था गरिदिए सहज हुने बताइन्।  'मालिक र साहुसँग जति गुहार गरेपनि पैसा दिँदैनन्। हामीलाई आगो बाल्न पराल दिन समेत आलटाल गर्छन्।  कम्तीमा दाउराको व्यवस्था मिलाइ दिए चिसोबाट जोगिन सहयोग हुन्थ्यो।'

तराईमा हुस्सु र चिसो हावाका कारण जनजीवन प्रभावित हुन थालेको छ । यसबाट  विपन्न वर्ग सबैभन्दा बढी प्रभावित भएका छन् । विराटनगरका विपन्न परिवार जाडो बढेसँगै समस्यामा परेका छन् । न्यानो कपडाको अभावमा बालबच्चा र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । 

चिसो बढेसँगै प्राय सबैतिर आगो तापेर बसेको देखिन्छ ।  चिसोका कारण बालबच्चा र वृद्धवृद्धा बढी समस्यामा छन्। कतिपयले पलाष्टिकजन्य वस्तु बालेर चिसोबाट जोगिने गरेका छन्  ।  चिसो भुइँमा रात कटाउन बाध्य भएका कतिपयले घरमा परालको ओछ्यान लगाएर आगो बालेर जोखिमका साथ जोगिने गरेका छन् ।

चिसोका कारण दैनिकी कष्टकर भइरहेको अवस्थामा बिहान–बेलुका के खाने भन्ने चिन्ताले पिरोल्ने गरेको उनीहरु सुनाउँछन्।  ।  भोट माग्ने बेलामा अनेक बहाना बनाएर आउने नेताहरु समेत समस्यामा बेखबर भएको विपन्नहरुको  आरोप छ।

शीतलहरबाट जोगिन बाल्ने गरेको घुरमा सावधानी नअपनाउँदा ठूलो धनजानको क्षति हु्ने गरेको छ । आर्थिक वर्ष २०७९/८०मा मोरङ्गमा आगजनी हुँदा १० हजार बराबरको क्षति भएको थियो भने  चालु आर्थिक वर्षमा कोशी प्रदेशमा ३ जना घाइते भएका छन् । मोरङ,सुनसरी र उदयपुरमा एक/ एक जना घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.