एथरको पहिलो कम्यूनिटी राइड सम्पन्न

एथरको पहिलो कम्यूनिटी राइड सम्पन्न
सुन्नुहोस्

काठमाडौं : एथर इलेट्रक स्कुटरको पहिलो कम्यूनिटी राइड सम्पन्न गरेको छ। एथर स्कुटर नेपालका लागि एक मात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जीले काठमाडौंको तीनकुनेमा गत शनिबार पहिलो सर्भिस सेन्टर सञ्चालनमा ल्याउनुको साथै शनिबार राइड सम्पन्न गरेको हो।

उक्त राइडमा एथरका ग्राहकसहित कम्पनीका प्रतिनिधि तथा पत्रकारहरू गरी २० जनाभन्दा धेरैको सहभागिता थियो। काठमाडौंको तीनकुनेस्थित एथरको सर्भिस सेन्टरबाट सुरु भएको राइड भक्तपुर दरबार स्क्वायर हुँदै धुलिखेल पुगेर विभिन्न कार्यक्रम गरेर सम्पन्न भएको थियो।

हरेका खेलका विजेताहरूलाई पुरस्कार वितरण गर्दै कम्पनीका निर्देशक सूर्यांश वैद्यले आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

उनले यस्तो खालको राइडले ग्राहकका समस्याहरू कम्पनीसम्म आइपुग्नुका साथै ग्राहक र कम्पनी बीचको सम्बन्ध सुमधुर हुने बताए। ‘हामीले स्कुटर बेच्ने मात्र नभएर बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै यस्तो कार्यक्रम आयोजना गरेका हौं, आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने छौं,’ उनले भने। कम्पनीले यही माघ ६ गते शनिबारबाट झम्सीखेलमा नयाँ शोरुम सञ्चालनमा ल्याउने भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.