खुकुलो बन्दै भिजिट भिसा : १७ बुँदे प्रावधान खारेज, ट्राभल एडभाइजरी जारी हुँदै

खुकुलो बन्दै भिजिट भिसा : १७ बुँदे प्रावधान खारेज, ट्राभल एडभाइजरी जारी हुँदै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा विभिन्न मुलुक जाने यात्रुलाई सास्ती दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसको अन्त्य गर्न आफैले अग्रसरता लिएका छन् ।

काठमाडौं : सरकारले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा) लाई सहज बनाउने तयारी गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा विभिन्न मुलुक जाने यात्रुलाई सास्ती दिन थालेपछि प्रधानमन्त्री पुष्पकमल दाहालले त्यसको अन्त्य गर्न आफैले अग्रसरता लिएका छन् । 

प्रधानमन्त्री दाहालले बुधबार भिजिट भिसा र त्यसले सृजना गरेको समस्या समाधान गर्न सरोकारवालाहरूसँग छलफल गरेका थिए । प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी, मुख्यसचिव डा.बैकुण्ठ अर्यालसहित सम्बन्धित मन्त्रालयका सचिवहरूलाई सँगै  राखेर भिजिट भिसासम्बन्धी यसअघिको १७ बुँदे प्रावधान खारेज गरिदिएका हुन् । प्रधानमन्त्री दाहालले छलफलमा भिजिट भिसामा  घुम्न जानेहरूलाई अध्यागमन कार्यविधिअनुसार गर्नू/गराउनू भनी निर्देशन दिएका थिए ।  

सत्र बुँदे प्रावधानअनुसार भिजिट भिसामा यात्रा गर्न १२ कक्षा उत्तिर्ण हुनैपर्ने, अंग्रजी भाषा जान्नुपर्ने, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको हुनुपर्नेलगायत झन्झटिला १७ फरक-फरक प्रावधानहरू राखिएका थिए। जसले गर्दा सर्वसाधारणलाई भिजिट भिसामा कुनै पनि मुलुक जान कठिन बनेको थियो । 

असंलग्न आन्दोलनका राष्ट्रहरूको सम्मेलनमा भाग लिन युगाण्डा पुगेका प्रधानमन्त्री दाहालले त्यहाँका नेपाली समुदायसँगको छलफलमा भिजिट भिसासम्बन्धमा केही महत्वपूर्ण निर्णय भएको जानकारी गराएका थिए।

अघिल्लो सरकारले गृहसचिवस्तरीय निर्णय गराउँदै २०७८ चैत्र २६ गते  भिजिट भिसा र सोबाट सृजित समस्या  समाधान गर्न १७ बुँदे  प्रावधान जारी गरेको थियो । प्रधानमन्त्री दाहालले उक्त १७ बुँदे प्रावधानले विकृति फैलाएको भन्दै त्यसलाई खारेज गरिदिएको स्रोतले बताएको छ । 

सत्र बुँदे प्रावधान लागू भएपछि भिजिट भिसामा जाने यात्रुहरूले दु:ख पाएका त थिए नै  विमानस्थलबाट मानव तस्करी समेत ह्वात्तै बढेको थियो । सत्र बुँदे प्रावधानअनुसार भिजिट भिसामा यात्रा गर्न १२ कक्षा उत्तिर्ण हुनैपर्ने, अंग्रजी भाषा जान्नुपर्ने, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको हुनुपर्नेलगायत झन्झटिला १७ फरक-फरक प्रावधानहरू राखिएका थिए। जसले गर्दा सर्वसाधारणलाई भिजिट भिसामा कुनै पनि मुलुक जान कठिन बनेको थियो । 

नियमअनुसार जान नमिल्ने तर प्रहरी र अध्यागमनका कर्मचारीलाई मोटो रकम बुझाएपछि भिजिट भिसामा सहजै प्रस्थान अनुमति पाइन्थ्यो । अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काउने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गर्दै आएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले सर्वसाधारणहरूले सास्ती नव्यहोरुन् भन्ने उद्देश्यले भिजिट भिसालाई खुकुलो बनाउने निर्णय भएको बताए। प्रेस सल्लाहकार आचार्यले अन्नपूर्णसँग भने, 'प्रधानमन्त्रीज्यू स्वयंले चासो राखेर भिजिट भिसामा देखिएका समस्या समाधान गर्न खोज्नु भएको छ। उहाँले अध्यागमन कार्यविधि बाहिर गएर कुनै पनि निर्णय कार्यान्वयन नगर्नू/ नगराउनू भनी निर्देशन दिनु भएको छ।'

नियमअनुसार जान नमिल्ने तर प्रहरी र अध्यागमनका कर्मचारीलाई मोटो रकम बुझाएपछि भिजिट भिसामा सहजै प्रस्थान अनुमति पाइन्थ्यो । अध्यागमनका कर्मचारीहरूले भिजिट भिसामा जानेलाई कागज पुगेन भनेर विमानस्थलबाट फर्काइदिने र फेरि केही दिनपछि सेटिङ मिलाएर पठाउने गर्दै आएका थिए ।  

कसैको निमन्त्रणामा जाने यात्रुले निमन्त्रणा पत्र अनिवार्य देखाउनु पर्नेछ । निमन्त्रणा पत्र भएकाको हकमा भने डलर सटही अनिवार्य गरिएको छैन् । भिजिट भिसामा खाडी मुलुक जानेहरूले केही आइपरे आफैंले व्यहोर्ने गरी स्वघोषणा गर्नुपर्नेछ ।

१७ बुँदे अघिल्लो प्रावधान खारेज भएपछि भिजिट भिसा केही खुकुलो हुने भएको हो ।  भिजिट भिसामा यात्रा गर्ने व्यक्तिहरूले कम्तिमा ६ महिना वैध अवधि भएको राहदानी, प्रवेशाज्ञा (भिसा), दुईतर्फी हवाई टिकट, कम्तीमा ५०० अमेरिकी डलर बराबरको सटही, होटल बुकिङ गरेको प्रमाण अध्यागमन अधिकृतसमक्ष पेस गर्नुपर्नेछ । 

भिजिट भिसाका लागि बनाइएको यसअघिको १७ बुँदे घोषणा खारेज गरेपछि गृहमन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्ने तयारी गरेको छ।

कसैको निमन्त्रणामा जाने यात्रुले निमन्त्रणा पत्र अनिवार्य देखाउनु पर्नेछ । निमन्त्रणा पत्र भएकाको हकमा भने डलर सटही अनिवार्य गरिएको छैन् । भिजिट भिसामा कुवेत,कतार,ओमन, साउदी अरेबियालगायत खाडी मुलुक जानेहरूले केही आइपरे आफैंले व्यहोर्ने गरी स्वघोषणा गर्नुपर्नेछ । त्रिअवि अध्यागमन कार्यालयले तोकेको ढाँचा बमोजिम भिजिट भिसामा जाने यात्रुहरूले स्वघोषणा गर्नुपर्नेछ। 

ट्राभल एडभाइजरी जारी गर्ने तयारी

भिजिट भिसाका लागि बनाइएको यसअघिको १७ बुँदे घोषणा खारेज गरेपछि गृहमन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्ने तयारी गरेको छ । भिजिट भिसामा जाने यात्रुहरूले गन्तव्य मुलुकमा अपनाउनुपर्ने विवरणहरु राखेर गृहमन्त्रालयले ट्राभल एडभाइजरी जारी गर्ने तयारी गरेको छ ।
गृह मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्रीज्यूको निर्देशन बमोजिम ट्राभल एडभाइजरी जार्ने गर्ने तयारीमा छौं। ट्राभल एडभाइजरीमा समावेश गर्ने विषयलाई टुंग्याउनेबारे छलफल गरिरहेका छौं । 'उनका अनुसार ,सत्र बुँदे यसअघिको प्रावधान खारेजीपछि भिजिट भिसामा यात्रा गर्ने यात्रुहरूले समस्या झेल्नु पर्दैन । 

यो पनि पढ्नुहोस

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.