मुस्ताङ अस्पतालमा एमडिजीपी डाक्टर नहुँदा समस्या

मुस्ताङ अस्पतालमा एमडिजीपी डाक्टर नहुँदा समस्या
सुन्नुहोस्

जोमसोम : मुस्ताङ अस्पतालमा एमडिजीपी डाक्टर नहुँदा समस्या सिर्जना भएको छ। अस्पतालमा ५ महिनादेखि एमडिजीपी चिकित्सक छैनन्। 

अस्पतालमा एक जना नवौ तहका चिकित्सकसहित १८ जनाको दरबन्दी छ। तर,अस्पताल सञ्चालनको ५० वर्ष पूरा भइसक्दा समेत सरकारले यहाँ नवौं तहको चिकित्सक व्यवस्थापन गर्न सकेको छैन। यहाँ अस्पतालमा आठौं तहको स्थायी चिकित्सकसहित अरू दुई जना करारका एमबीबीएस चिकित्सक छन्। उनीहरूले सामान्य स्वास्थ्य सेवा बाहेक प्रसूति तथा अप्रेसन सेवा दिन सक्दैनन्। 

२०७८ सालमा अस्पताल व्यवस्थापन समिति र जिल्लाका ५ स्थानीय तहका जनप्रतिनिधिले अस्पतालमा एमडिजीपी चिकित्सक भर्ना गर्ने र यसका लागि सबै स्थानीय तहले मासिक २० हजार अस्पताललाई उपलब्ध गराउने सहमति गरे। त्यसपछि अस्पतालले करार सेवामा एमडिजीपी चिकित्सक ल्याउन पहल गर्‍यो। 

अस्पतालले पहिलो पटक एमडिजीपी चिकित्सक कुन्दन कर्णलाई मुस्ताङ झिकायो। उनी आएपछि अस्पतालले दिने सेवा सुविधामा अपेक्षाकृत सुधार आयो। उनले करिब ७ महिना मात्र काम गरे।  त्यसपछि मुखिया घले आए उनले पनि ६ महिना मात्र काम गरे। 

मुस्ताङ अस्पतालका निमित्त कार्यालय प्रमुख भोजराज रेग्मीले मुस्ताङ अस्पतालमा २ जना एमडिजीपी चिकित्सकले छाडेपछि अर्को एमडिजीपी चिकित्सक व्यवस्थापन हुन नसकेको जानकारी दिए। उनले एमडिजीपी चिकित्सक नहुँदा प्रसूति तथा सामान्य रोगका शल्यक्रिया  सेवा सञ्चालन हुन नसकेको बताए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.