वीरगन्जमा मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु

वीरगन्जमा मोटरसाइकल दुर्घटनामा एमबीबीएस अध्ययनरत दुई विद्यार्थीको मृत्यु
दुर्घटनाग्रस्त मोटरसाइकल। तस्बिर : अन्नपूर्ण

वीरगन्ज : आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजना युवकको घटनास्थलमै मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १५ भिस्वास्थित जिल्ला आयुर्वेद अस्पताल नजिकैको सडकमा प्रदेश २-०३-०२१ प ५४३२ नम्बरको यमहा कम्पनीको आर १५  मोटरसाइकल दुर्घटना हुँदा त्यसमा सवार नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा एमबीबीएस अध्यनरत दुईजना विद्यार्थीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेशनल मेडिकल कलेजमा अध्यनरत बाराको हर्दिया घर भएका २३ वर्षीय सन्दीप यादव र धनुषाको सबैला घर भएका २३ वर्षीय सुमित यादव रहेको प्रहरीले जनाएको छ।

भिस्वाबाट भेडियाही जाने बाटोमा उक्त मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

मृतक दुवैको शव घटनास्थलबाट मुचुल्का उठाएर पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको र घटनाबारे थप अनुसन्धानका भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.