पक्राउ पूर्जी जारीपछि होटल स्‍क्‍वायरकी सञ्‍चालक भण्डारीले गरिन् प्रहरीसमक्ष आत्मसमर्पण

पक्राउ पूर्जी जारीपछि होटल स्‍क्‍वायरकी सञ्‍चालक भण्डारीले गरिन् प्रहरीसमक्ष आत्मसमर्पण
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : पक्राउ पूर्जी जारी भएपछि ललितपुरको होटल स्क्वायरकी सञ्‍चालक ललिता भण्डारीले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छन्। उनी शनिबार प्रहरी परिसर ललितपुर पुगेकी हुन्।

 जिल्ला प्रहरी कार्यालय ललितपुरका प्रमुख/एसएसपी शेखर खनालले भण्डारी प्रहरी हिरासतमा रहेको बताए। एसएसपी खनालले अन्नपूर्णसँग भने,'पक्राउ पूर्जी जारी भएपछि भण्डारी स्वयं प्रहरी परिसर आएकी हुन्। 'उनीबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।

गत १५ भदौमा उक्त होटलको स्वीमिङ पुलमा पौडी खेलिरहेका बेला करेन्ट लागेर ललितपुरका साजिलमान शाक्य गम्भीर घाइते भएका थिए। त्यसयता उनी कोमामा रहेका छन्। उनकी पत्नी रजिना मानन्धरले होटल सञ्चालकलाई कारबाहीको माग गर्दै  प्रहरीमा निवेदन दिएकी थिइन्। घटना भएको झन्डै पाँच महिनापछि माघ ४ गते प्रहरीले जाहेरी दर्ता गरेको थियो। 

 मानन्धरले होटल सञ्‍चालकद्वय रोमी अर्याल र भण्डारीविरुद्ध जाहेरी दिएकी थिइन्। दुवैजनाविरुद्ध गत साता पक्राउ पूर्जी जारी भएको थियो। सोही आधारमा प्रहरीले भण्डारीलाई पक्राउ गरेको हो। अर्यालको भने खोजि भइरहेको प्रहरीले जनाएको छ।

पीडित मानन्धरले मुलुकी अपराध संहिता, २०७४ को दफो १७८ को उपदफा (१) र (२) र दफा १७७ अनुसारको कसुरअनुसार सजाय माग गरेकी छन्। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.