'अनर एक्स नाइन बी’ को प्रि-बुकिङ खुल्यो

'अनर एक्स नाइन बी’ को प्रि-बुकिङ खुल्यो
सुन्नुहोस्

काठमाडौं : नेपाली बजारमा ‘अनर एक्स नाइन बी’ स्मार्टफोनको प्रि-अर्डर खुलेको छ। अनरको नेपालस्थित आधिकारिक बिक्रेता सेल्ट्रोन नेपाल प्रालिले आइतबारदेखि यो फोनको प्रि-बुकिङ खुलाएको हो। 

ग्राहकले यो फोन प्रि-अर्डर गर्दा पहिलो ४०० ग्राहकले पाँच हजार ९९० रुपैयाँ मूल्यको ‘अनर इयरबड्स एक्स फाइभ’ निःशुल्क पाउने कम्पनीले जनाएको छ। प्रि-बुकिङ २७ जनवरीसम्म जारी रहनेछ। अल-एंगल अल्ट्रा-टफ डिस्प्ले बाहेक, यसमा अन्य विशिष्टताहरू छन् जुन यसको अघिल्लो संस्करणदेखि अपग्रेड गरिएको छ।

यो फोनमा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रा वाइड क्यामेरा र २ मेगापिक्सेलको म्याक्रो गरी पछाडि ट्रिपल क्यामेरा सेटअप छ। त्यस्तै सेल्फीका लागि १६ मेगापिक्सेल क्यामेरा छ।

सेलट्रोन नेपालले अनर एक्स नाइन बी (१२+२५६)जी बि  भेरियन्टको मूल्य ४३ हजार ९९९ रुपैयाँ तोकेको छ। ग्राहकहरूले अनर एक्स नाइन बी लाई अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट प्रि-अर्डर गर्न सक्छन्। 

ग्राहकहरूले आफ्नो  नजिकैको अनर-अधिकृत स्टोरहरूबाट अर्डर बुक गर्न सक्छन् भने अनलाइनको लागि दराज वा  हुकुट मध्ये कुनै पनि अनलाइन प्लेटफर्महरूबाट बुकिङ गर्न सकिनेछ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.