बैतडीमा बँदेलको आक्रमणबाट २ जना घाइते

बैतडीमा बँदेलको आक्रमणबाट २ जना घाइते
सुन्नुहोस्

बैतडी : बैतडीको मेलौली नगरपालिका–२ सलेनामा बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन्। घाइते हुनेमा सलेनाका अन्ताजी ३२ वर्षीय ओम प्रकाश जोशी र सोही वडाको  घाङलका मने दयालकी ९ वषीया छोरी करिस्मा दयाल रहेकी छन्। 

आइतबार ३ बजेतिर घरमै बसिरहेका जोशीमाथी बदेलले आक्रमण गरी घाइते बनाएको हो भने ९ वर्षीया बालिकालाई पनि साँझ ५ बजेतिर घर नजिकै घाइते बनाएको हो। 

बालिकाको टाउकोमा गम्भीर चोट लागेको छ भने जोशीको खुट्टामा गम्भीर चोट लागेको आफन्त प्रकाश जोशीले जानकारी दिए। घाइते जोशी र दयाललाई  सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ।  

यही पुष ११ गते पनि सोही वडाका रामबहादुर चन्खदलाई पनि बँदेलको बथानले आक्रमण गरी घाइते बनाएको थियो। दिनदाहाडै बदेलले मानिसमाथि आक्रमण गर्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन्। 

मेलौली नगरपलिका–२ र ३ मा बँदेलले ठूलो क्षति पुर्‍याउँदै आएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.