यु-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग पराजित

यु-१९ विश्वकप : नेपाल न्युजिल्यान्डसँग पराजित
सुन्नुहोस्

काठमाडौं : यु-१९ विश्वकपको पहिलो खेलमा नेपाल पराजित भएको छ। नेपाल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको हो। न्युजिल्यान्डले दिएको ३०३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरको खेलमा ९ विकेट गुमाएर २३८ रनमात्र बनायो। 

नेपालका लागि सर्वाधिक रन अर्जुन कुमालले बनाए। १०४ बल खेलेका अर्जुनले १२ चौकाको मद्धतले ९० रन बनाए। त्यस्तै तिलक भण्डारी र सुवास भण्डारीले ३७ रनको साझेदारी खेलेका थिए। तिलक १७ रन र सुवास ३३ रनमा अविजित रहे।

त्यस्तै कप्तान देव खनालले ३६ रन, दीपक बोहोराले १५ रन र आकाश चन्दले १४ रन बनाए। त्यस्तै ओपनर दीपक बोहोरा र उत्तम मगर शून्यमै आउट भएका थिए भने आकाश त्रिपाठी र गुल्शन झा २-२ रन बनाएर पेभेलियन फर्किए।

यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ओभरको खेलमा ८ विकेट गुमाएर ३०२ रन बनाएको थियो। न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डीले सतक प्रहार गरेका थिए। रेड्डी १४७ रनमा अविजित रहे। १२५ बल खेलेका उनले ११ चौका र ६ चौका प्रहार गरे। त्यस्तै टम जोनेश ३३ रन, लुके वाट्सन १४ रन, ओस्कार ज्याक्सन ७५ रन, एलेक्स १३ र म्याट २ रन बनाएर पेभेलियन फर्किएका थिए। ओलिभर, लचलन र ज्याक शून्य रनमै आउट भएका थिए। 

नेपालका लागि सुवास भण्डारीले ३ र गुल्शन झाले २ विकेट लिए। त्यस्तै दीपेश कँडेल, तिलक भण्डारी र आकाश त्रिपाठीले एक-एक विकेट लिए। न्युजिल्यान्डले टस जितेर पहिले ब्याटिङ गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.