रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु

रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु
सांकेतिक तस्बिर।
सुन्नुहोस्

बुटवल : बाक्लो हुस्सुले बाटो नदेख्दा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका -३ मा  दुईवटा मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक भारतीय नागरिक हुन् भने अर्का कपिलवस्तुका स्थानीय हुन्।

 लु ५८ प २७२८ नम्बर र युपी ५५ एएन १११२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाइकल ठोक्किदा शुद्धोधन गाउँपालिका–५ कपिलवस्तुका ४५ वर्षीय शिवशंकर यादव र भारतीय नागरिक ३० वर्षीय जयप्रकाश गुप्ताको मृत्यु भएको हो ।

उनीहरुको उपचारको क्रममा भीम अस्पताल भैरहवामा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक बजिरसिंह विष्टले जानकारी दिए । आइतबार साँझ उनीहरु सवार मोटरसाइकल महिलवार–पडरिया सडक खण्डको लंकापुरमा दुर्घटना भएको थियो। बाक्लो हुस्सुमा तीव्र गतिका कारण दुर्घटना भएको प्रहरी निरीक्षक विष्टको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.