नक्कली पेस्तोल देखाइ लुटपाट गर्न खोज्‍ने दुईजना पक्राउ

नक्कली पेस्तोल देखाइ लुटपाट गर्न खोज्‍ने दुईजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

धरान  : सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर ६ मा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने उद्देश्यले सर्वसाधारणलाई आतंकित बनाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुटपाटको योजना बनाइरहेका उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नबिनकृष्ण  भण्डारीले जानकारी दिए।

पक्राउ पर्नेमा धनकुटा छथर जोरपाटी गाउँपालिका-५ का ३० वर्षीय दावा छिरिङ शेर्पा र मोरङको बिराटनगर महानगरपालिका-१५ का ३५ वर्षीय शिरिस बोहरा रहेको डीएसपी भण्डारीले बताए । पक्राउ परेका बोहोराको साथबाट मेड इन चाइना लेखिएको नक्कली पेस्तोल बरामत गरिएको उनले बताए । 

दुबैजनालाई सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी कानुनी कारवाहीका प्रक्रिया अगाडि  बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.