त्रियुगामा मुख्य राजमार्गलाई जोड्न रिङरोड निर्माण सुरु

त्रियुगामा मुख्य राजमार्गलाई जोड्न रिङरोड निर्माण सुरु
सुन्नुहोस्

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिकाले भित्री सडकलाई मुख्य सडकमा जोड्ने गरी रिङरोडको निर्माण सुरु गरेको छ। मुख्य सडक र राजमार्गलाई विभिन्न बस्तीसँग जोड्ने योजनासहित वडा नम्बर १ को रुपनीबाट काम सुरु गरिएको हो। 

त्रियुगा रिङरोडको नाम दिइएको उक्त योजनाको मेयर वसन्त बस्नेत र उपमेयर महेश्वरी राईले शिलान्यास गरेका हुन्। त्रियुगा उपत्यका १ देखि वडा नम्बर १३ सम्मका सम्पूर्ण बस्तीलाई सडक र राजमार्गसँग जोड्ने भिजनसहित योजना सुरु गरिएको मेयर बस्नेतले बताए। 

उनले नगरपालिकाको गौरवको आयोजना भएकाले थोरै भए पनि सुरुवात गरी आगामी वर्ष गौरवका रूपमा राखेर बजेटको व्यवस्थापन गर्ने बताए। ५२ किलोमिटर रहेको रिङरोड नगरपालिकाको विकासको कडी भएको मेयर बस्नेतले बताए। 

उनका अनुसार पहिलो वर्ष १ दशमलव ५ किलोमिटर सडक कालोपत्रे हुने बताए। उनले भने, ‘संघ र प्रदेश सरकारसँग बजेटका लागि हारगुहार गर्दा थोरै बजेट परेको छ, यसलाई आगामी आर्थिक वर्ष १० देखि १५ किलोमिटर कालोपत्रे हुने गरी बजेट व्यवस्थापन गरिने छ।'

वडा नम्बर १ रुपनीको पहिलो फेजको जिम्मा न्यु चुरिया निर्माण सेवा र चन्दन कन्ट्रक्सनले लिएका छन्। १ करोड २९ लाखमा १ किलोमिटर कालोपत्रे गर्ने गरी न्यु चुरिया निर्माण सेवाले र ४० लाखमा ५ सय मिटर ढलान सडक निर्माण गर्ने गरी चन्दन कन्ट्रक्सनले ठेक्का सम्झौता गरेका छन्।

लिंक रोडले पूर्णता पाएपछि सडक तथा राजमार्गमा ट्राफिक जाम पनि कम हुने र दुर्घटना समेत कम हुने उपमेयर राईले बताइन्। उनले लिंकरोडको केही अंशका रूपमा निर्माण हुन गइरहेको सडकहरूको काम तोकिएको समयमा नै पूरा हुने बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.