नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित
काठमाडौं : नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ। दक्षिण अफ्रिका जारी यु-१९ विश्वकपको दोस्रो खेलमा नेपाल पराजित भएको हो।
नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७.४ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो। पाकिस्तानका लागि अजन अवाइसले अर्धसतकसहित ६३ रन बनाए। त्यस्तै श्यामी हुसेनले ३७, सहजैब खानले ३७, अहमद हुसेनले २९ र हरुन अर्सदले १५ रन बनाए।
नेपालका लागि आकाश चन्दले ३ विकेट लिए भने दीपेश कँडेल र आकाश त्रिपाठीले एक-एक विकेट लिए। यसअघि नेपालले पाकिस्तानलाई १९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रन बनाए। त्यस्तै दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारी २०, गुल्शन झाले १८, दीपक कँडेलले १३ रन बनाए।
त्यस्तै अर्जुन कुमालले ६, आकाश त्रिपाठीले ६, उत्तम मगरले ४ रन बनाए। त्यस्तै आकाश चन्द १६ रनमा अविजित रहे। नेपालले पहिलो खेल न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो।
प्रतिक्रिया दिनुहोस !