लागुऔषधसहित बुटवलबाट दुईजना पक्राउ

लागुऔषधसहित बुटवलबाट दुईजना पक्राउ
सुन्नुहोस्

बुटवल : लागुऔषध कारोवारमा संलग्न दुईजना यूवालाई इलाका प्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ । बुटवल उपमहानगरपालिका -१० रामनगरस्थित पूर्वपश्चिम राजमार्गमा चेकजाँचको क्रममा शंकास्पद अवस्थामा हिँडेका बुटवल ११ देविनगरका ४६ वर्षीय दिनेश थापा र तिलोत्तमा नगरपालिका -२ का २८ वर्षीय बिक्की पुनमगरलाई प्रहरीले पक्राउ गरेको हो । 

उनीहरुको साथबाट एसपीएस लेखेको क्याप्सुल,केयर ज्याकको टिटीसेट,निबट्राभेट–१० लेखेको ट्याब्लेट नगद ५५ हजार ५ सय ४० रुपैयाँ र ब्राउन सुगर बरामद गरिएको छ । 

उनीहरुलाई लागुऔषध कसुर शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.