थुनुवासहित भागेका पूर्वप्रहरी जवान १६ वर्षपछि पक्राउ


काठमाडौं : प्रहरीले लागुऔषधसहित पक्राउ गरेका भारतीय नागरिकलाई भगाई आफूहरू पनि भागेका पूर्वप्रहरी जवानलाई १६ वर्षपछि पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गर्दै भारतको रक्सौल घर भएका असरफ आलमलाई महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतबाट भगाई आफू पनि भारत भागेका पूर्वप्रहरी जवान विरवल राय यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उपत्यका अपराध अनुसन्धानको टोलीले नेपाल–भारत सिमानाको काकडभिट्टाबाट माघ पक्राउ परेको डिएसपी अनिल घिमिरेले जानकारी दिए। असरफ आलमलाई भगाएबापत १ करोड रुपैयाँ दिने भनिएपछि जवान विरवल राय यादवले ६ लाख २५ हजार रुपैयाँ पाएको अनुसन्धानबाट खुलेको घिमिरेले बताए।

उक्त रकमबाट विरवलले भारतमा तत्कालिक अवस्थामा दुईवटा ट्याक्सी खरिद गरि व्यवसाय गरेको पनि अनुसन्धानबाट खुलेको डीएसपी घिमिरेले जानकारी दिए। प्रहरी निरिक्षकको किर्ते हस्ताक्षर गरेर विरवलले भारतीय नागरिकलाई कलंकी–बुटवल हुदै भारत पुराएका थिए ।

त्यसपछि भारतमै ट्याक्सी व्यवसाय सुरु गरेका विरवलसँग हाल ९ वटा भारतीय  ट्याक्सी, आधार कार्ड, भारतीय चालक अनुमति पत्र समेत रहेको डीएसपी घिमिरेले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.