भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन

भट्टलाई संसदीय दलको नेताबाट हटाउने निर्णय तत्काल सच्याउन माओवादीको निर्देशन
सुन्नुहोस्

धनगढी : नेकपा माओवादी केन्द्र सूदुरपश्चिम प्रदेश कमिटीले प्रदेश संसदीय दलको नेता खजराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ।

शनिबार बसेको माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले सो निर्णय तुरुन्त सच्याउन निर्देशन दिएको हो।

शुक्रबार प्रदेश सभा सचिवालयमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले खगराज भट्टलाई परिवर्तन गरेर मानबहादुर धामीलाई संसदीय दलको नेता बनाएको थियो।

संसदीय दलका १० जनामध्ये ६ जनाको बहुमतको बैठकले भट्टलाई हटाएर धामीलाई दलको नेता बनाएको थियो।

संसदीय दलका नेता भट्टको जानकारी बिना उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा बसेको बैठकले दलको नेता परिवर्तन गर्ने निर्णयप्रति पार्टीको ध्यानाकर्षण भएको र निर्णय सच्याउन निर्देशन दिइएको अध्यक्ष हरिराम चौधरीले बताए । 

' माघ १२ गते नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक दल नेता कमरेड खगराज भट्टको जानकारी विना उपनेता कमरेड अक्कल बहादुर रावलको अध्यक्षता बसि दलनेता परिवर्तन र सरकार परिवर्तन गर्ने भन्ने कुरा प्रति पदाधिकारीहरुको गम्भीर ध्यानाकर्षण भएको छ । हाम्रो पार्टी परम्परा विधि विपरित केन्द्रीय कार्यालयको निर्देशनको समेत अवज्ञा गरि गरिएको निर्णयले पार्टीमा अराजकता र स्वइच्छाचारीताले संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारौं कार्यकताको मनोभावना विपरितको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो साथै संसदीय दलभित्रको समस्यालाई गम्भीरता पूर्वक लिई अविलम्ब समाधानको लागि केन्द्रीय कार्यालयको उपस्थितिमा विवाद समाधान गर्ने पहल होस् भन्ने आग्रह गर्ने निर्णय गरियो ,'माओवादी केन्द्र सुदूरपश्चिम  प्रदेश समितिका अध्यक्ष चौधरी र सचिव जनकबहादुर बुढाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.