यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

यात्रा गर्दै हुनुहुन्छ ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। सोमबार बिहान जारी बुलेटिनमा आज  पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने उल्लेख छ।

दिउँसो उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। राती कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

बुधबार कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको छ। कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा र बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका  एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.