उपकुलपति कार्कीलाई कालोमोसो दल्न खोज्ने तीन जना पक्राउ

उपकुलपति कार्कीलाई कालोमोसो दल्न खोज्ने तीन जना पक्राउ
सुन्नुहोस्

धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा प्रल्हाद कार्कीलाइ कालोमोसो दल्न खोज्ने तीन जना पक्राउ परेका छन्। 

 
क्रान्तिकारी युवा संगठन नेपालका भीमबहादुर सार्की, शेरबहादुर कट्वाल (उदयपुर) र खेमबहादुर थापा (ताप्लेजुङ)लाई पक्राउ परेका हुन्। 

मंगलबार कार्कीलाइ समय मागेर प्रतिष्ठानका विषयमा कुरा गर्न पुगेका तीन जनाको समूहले एक घण्टा छलफल गरेपछि कालो मोसो दल्ने प्रयास गरेका थिए। 

कार्कीको कार्यकक्षमा रहेका घोपा अस्थायी प्रहरी पोस्टका इन्चार्ज प्रहरी  निरीक्षक कृष्ण भट्टराई, वरिष्ठ हवल्दार भुपेन्द्र पोखरेल र हवल्दार टिकाराम कट्टेलको प्रहरी टोलीले तत्काल उनीहरूलाई नियन्त्रणमा लिएका हुन्। 
जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी नवीनकृष्ण भण्डारीले घटनाको अनुसन्धान थालिएको बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.