गुल्मीमा सुपथ मूल्यमा चामल बिक्री गरिँदै

गुल्मीमा सुपथ मूल्यमा चामल बिक्री गरिँदै
सुन्नुहोस्

गुल्मी : जनतालाई खाद्य सुरक्षाको प्रत्याभूति दिलाउने हेतुका साथ गुल्मीमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीको शाखा शुभारम्भ गरिएको छ। बुधबार रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले जिल्लाको सदमुकाम तम्घासमा उद्‍घाटन गरेर उक्त कम्पनीको शाखा शुभारम्भ गरेका हुन्। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जिल्लामा आफ्नो शाखा विस्तारले नागरिकले सहज र सुपथ मूल्यमा खाद्य साम्रगी खरिदमा सहज भएको रेसुंगा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले बताए। पछिल्लो समय रेसुंगा नगरपालिकाले नागरिकलाई थुप्रै आयम दिएको र यो पनि गुल्मेलीका लागि एक उपलब्धि रहेकाले नगरप्रमुख पन्थीले बताए। सुपथ पसल सञ्चालनमा नगरपालिका सधैं सहयोगी बनेर अगाडि बढ्ने उनले प्रतिबद्धता गरे। 

जिल्लाका सबै स्थानीय तहमा बिक्री केन्द्रको आवश्कता रहेकाले यसको विस्तार गर्नुपर्नेमा इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जोड दिए। संघीयताको मर्मअनुसार प्रत्येक स्थानीय तहमा बिक्री केन्द्र सञ्चालन गरी नागरिकको आवश्कताअनुरुप सहज र सुलभ मूल्यमा सेवा प्रवाह गर्नुपर्ने अध्यक्ष खड्काले बताए। 

मूल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पुर्‍याउने कम्पनीको उद्देश्य छ। नजिकको बिक्री केन्द्रबाट एक जनाले एक क्वीन्टलसम्म खाद्यान्य खरिद गर्न पाउने व्यावस्था छ। गुल्मीमा सुपथ पसल सञ्चालनमा आएपछि नागरिकमा थप उत्साह थपिएको छ। सरकारले खाद्यान्य निःशुल्क ढुवानी गर्ने भएकाले उपभोक्ताले उपभोग्य बस्तुमा ५ देखि ७ प्रतिशतसम्म सहुलियत पाउनेछन्। 

स्थानीय तहमा बिक्री केन्द्र सञ्चालनमा
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सदरमुकाम तम्घासको हाटबजारमा बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ। त्यस्तै जिल्लाको मालिका गाउँपालिका ४ को अर्खाबाङ, रुरुक्षेत्र गाउँपालिका ४ को बलेटक्सार र मदाने गाउँपालिका २ को बाँझकटेरीमा खाद्य बिक्री केन्द्र स्थापना भएर सञ्चालनमा आएका छन् । 

अहिले खाद्य डिपोबाट चामलमात्रै बिक्री भइरहेको छ। बिक्री केन्द्रबाट निकट समयमा चामलसहित दाल, नुन, तेल, चिनीलगायतका सबै खाद्य सामग्री सुपथ मूल्यमा बिक्री गरिने खाद्य व्यावस्था तथा व्यापार कम्पनी लिमिटेड गुल्मी शाखा प्रमुख पुष्पा पाण्डेयले जानकारी दिइन्। खाद्य सुरक्षाको सुनिश्चतामा योगदान दिने, खाद्यान्यको अभावमा जीवन जोखिमको न्युनीकरण गर्ने र महामारी तथा प्रकोपमा खाद्यान्य अभाव हुने नदिने उद्देश्यसहित शाखा र बिक्री केन्द्र सञ्चालनमा ल्याइएको गुल्मी शाखा प्रमुख पाण्डेयले बताइन्। 

प्रत्येक बिक्री एक स्थायी र एक जना दैनिक ज्यालादारी कर्मचारी परिचालन भएका छन्। मूल्यमा स्थिरता, सहज आपूर्ति र बजारीकरणमा टेवा पुर्‍याउने  कम्पनीको उद्देश्य रहेकाले गाउँको रैथाने बाली खरिद गरेर बिक्री तथा प्रर्वद्धन गर्ने कार्यालयको योजना छ। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.