हेलम्बु घुम्न आएका दुई जना भुटानीको दुर्घटनामा मृत्यु, घाइतेलाई हेलिकोप्टरमार्फत् उद्धार

हेलम्बु घुम्न आएका दुई जना भुटानीको दुर्घटनामा मृत्यु, घाइतेलाई हेलिकोप्टरमार्फत् उद्धार
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको मृत्यु भएको छ।

 
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित दोरिङ भिरमा बा२च ४४५० नम्बरको ल्याण्ड क्रुजर जीप दुर्घटना हुँदा हेलम्बु घुम्न आएका दुई भुटानी नागरिकको मृत्यु भएको हो। मृत्यु हुनेमा ३३ वर्षीय भुटानी नागरिक अब्गो र ७१ वर्षीया वाङ्मु रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

दुर्घटनामा एक नेपाली नागरिकसहित ५ जना घाइते भएका छन्। घाइते हुनेमा हेलम्बु गाउँपालिका-२ का ४२ वर्षीय जीप चालक रामचन्द्र भण्डारी, भुटानी नागरिक वर्ष ७४ को हाइज, ४२ वर्षीया पुमा छिरिङ, वर्ष ६५ की गुची रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए। एक जना भुटानी नागरिकको भने पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ।

घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए। उनीहरू भुटानबाट हेलम्बु घुम्न आएको पर्यटक रहेको पालिका अध्यक्ष शेर्पाले जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.