नेपाल भारतसँग १३२ रनले पराजित

नेपाल भारतसँग १३२ रनले पराजित

काठमाडौं : नेपाल भारतसँग १३२ रनले पराजित भएको छ। आइसीसी यु-१९ विश्वकपमा नेपाल १६५ रनमै अलआउट भएपछि भारत विजयी बनेको हो।

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक ३३ रन बनाए। त्यस्तै ओपनर दीपक बोहोराले २२ र अर्जुन कुमालले २६ रन बनाए। त्यस्तै विशाल विक्रम केसी र गुल्शन झा एक-एक रन बनाउँदा दीपक डुम्रे र दीपेश कँडेल शून्यमै पेभेलियन फर्किएका थिए। त्यस्तै सुवास भण्डारी ५ रन बनाउँदा दुर्गेश गुप्ता २९ र आकाश चन्द १८ रनमा अविजित रहे। भारतका लागि साउमी पाण्डेले ४ विकेट लिए। 

यसअघि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर २९७ रन बनाएको थियो।

भारतका लागि कप्तान उदय सहरन र सचिन धासले शतकीय इनिङ खेलेका थिए। उदय १०० र सचिन ११६ रन बनाएर पेभेलियन फर्किएका थिए। त्यस्तै आदर्श सिंहले २१, अर्शिन कुलकर्नीले १८ र प्रियंशु मोलियाले १९ रन बनाए। मुसिर खान ९ रनमा अविजित रहे।

फितलो फिल्डिङ गरेको नेपालका लागि गुल्शन झाले ३ विकेट लिए भने आकाश चन्दले एक विकेट लिए। नेपालले सुपर सिक्सको पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.