चिकित्सक लाइसेन्सको ६८ औं नतिजा सार्वजनिक, ५६ प्रतिशत पास

चिकित्सक लाइसेन्सको ६८ औं नतिजा सार्वजनिक, ५६ प्रतिशत पास
सुन्नुहोस्

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले ६८ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको नतिजा सार्वजनिक  गरेको छ। नतिजाअनुसार  ५६ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन्।

नेपाल मेडिकल काउन्सिलले माघ १६ गतेदेखि १९ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो।

काउन्सिलका अनुसार लाइसेन्स परीक्षमा मेडिकलतर्फ १७३७ र डेन्टलतर्फ २८५ जम्मा २०२२ जना परीक्षार्थीहरू सहभागी भएकोमा मेडिकलतर्फ (९७२ ५५.९६)प्रतिशत र डेन्टलतर्फ (१७४ ६१.०५) परीक्षार्थी उत्तिर्ण भएका हुन्।

यसअघि २०८० असोज १० देखि १२ गतेसम्म सञ्चालन गरेको ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा ४६ प्रतिशत मात्रै परीक्षार्थी उत्तिर्ण भएका थिए।

परीक्षाको नतिजा चित्त नबुझेमा  सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पुनर्योगका लागि  आवेदन दिनसकिने काउन्सिलले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.