ठूलो परिमाणमा लागुऔषधसहित तीनजना पक्राउ

ठूलो परिमाणमा लागुऔषधसहित तीनजना पक्राउ
सुन्नुहोस्

तनहुँ : गोरखामा ठूलो परिमाणमा लागुऔषधसहित तीनजना पक्राउ परेका छन्। आँबुखैरेनी-२ ढकालटार निवासी २५ वर्षीका भरत भनिने ओमबहादुर मगर र सोही ठाउँबस्ने १९ वर्षका रितेश थापालाई पक्राउ गरेको हो। 

अवैध लागुऔषधको कारोबार नियन्त्रण गर्ने अभियान सञ्चालन गरेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले पछिल्लोपटक तीनजना कारोबारीलाई पक्राउ गरेको हो। 
उनीहरुको साथबाट नियन्त्रित लागुऔषध डाइजेपाम दुई एमएलको नौ थान, फेनार्गन दुई एम्पुल, बुप्रेनोर्फिन २ एमएलको नौ एम्पुल गरी २७ थान एम्पुल र नेट्राभेट ४३ थान लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

आँबुखैरेनी गाउँपालिका-३ पानीघट्टा आसपास गस्तीमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। त्यस्तै आँबुखैरेनी २ ढकालटारमा लागुऔषधको खरिदबिक्री भइरहेको छ भन्ने सुराकी पाएर गएको प्रहरी टोलीले सोही ठाउँका जीवन भनिने गिरबहादुर मगरलाई लागुऔषध बेच्दै गर्दा पक्राउ गरेको छ। 

उनले पुरानो नेपाल विद्युत प्राधिकरणको खाली घरको नजिक झाडीमा लुकाइछिपाइ राखेको लागुऔषध खरिद बिक्री गरिरहेको अबस्थामा प्रहरी आएको देखेपछि साथमा रहेको झोला झाडीमा फाली भाग्ने प्रयास गरेका प्रहरीले जनाएको छ। उनलाई तत्काल लागुऔषधसहित नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय आबुँखैरेनीका प्रहरी निरीक्षक शिव थापाले जानकारी दिए। 

उनको साथबाट डाइजेपाम २ एमएलको एम्पुल १२१ थान, फेनार्गन १ एमएलको १२३ थान, बुप्रेनोर्फिन दुई एम्पुलको १२६ थान गरी ३७० थान र निट्राभेट तीनसय थान लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका मगरलाई तनहूँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.