ड्राइभरले ब्याक गर्दा मारिइन् रमिला

ड्राइभरले ब्याक गर्दा मारिइन् रमिला

काठमाडौं : सधैंको साझ झै गत माघ १८ गते पनि रमिला बजगाईँ व्यापारका लागि पशुपति मन्दिर परिसर गौशाला जाँदैथिइन्। बागमती करिडोर नजिकबाट महाराजा होटलतर्फ उक्लदै थिइन्। उनको साथमा थियो विभिन्न सरसामान भएको झोलाहरू। उनी गौशाला एरियाको फुटपाथमा कपडा व्यापार गर्दै आएकी थिइन्। महानगरको गाडी छल्दै कहिले यता त कहिले उता लुक्दै व्यापार गरिरहेकी थिइन्। 

तर, सधैंको दिन झै व्यापार गर्न  हिँडेकी रमिला साझ सकुसल घर फर्कन पाइनन्। उनलाई होटल महाराजा अगाडिको सडकखण्डमा डिआई गाडीले ठक्कर थियो। गाडीको ठक्करले सडकमा ढलेकी उनलाई गाडी चालकले गाडी ब्याक गरेर टाउको माथी टायर चढाए। घटनास्थलमै उनको मृत्यु भयो। 

केही सेकेन्डको नजिकै रहेको प्रहरीले भने चालकले गाडी ब्याक गरेर रमिलालाई किचेको देखेन। घटनालाई भवितव्य दुर्घटना बनाएर गुपचुप पार्ने कोसिस गरेको थियो। मृतक रमिलाका श्रीमान् पूर्वनाथ बजगाईं भन्छन्, सडकको सीसीटिभीमा समेत गाडी ब्याक गरेको देखिन्छ। होटल महाराजाको सीसीटिभीमा पनि देखिन्छ। तर, प्रहरीले पटक–पटक दुर्घटना मात्रै हो भनेर घटना लुकाउने कोसिस गरेको थियो। 

पूर्वनाथ बजगाईंका अनुसार रमिला सामान बोकेर गौशालातिर आउँदै थिइन्। बा९च २११५ नम्बरको डिआई गाडीले साँझ ५ बजेर २५ मिनेटमा ठक्कर दिएको थियो। ठक्कर दिएको एक ठाउँमा र अर्को ठाउँमा लगेर किचेर मारेको छ। बजगाईं भन्छन्, घटनाको दिन म भक्तपुर थिए, साँझ ८ बजे मात्रै प्रहरीले मलाई खवर गरेको थियो। केएमसी अस्पतालमा लगेको छ भन्दै। अस्पतालमा म पुग्दा रमिलाको ज्यान गइसकेको थियो। घटनास्थलमा दुइटा ठाउँमा रगतको दाग थियो। 

प्रत्यक्षदर्शीले पनि गाडीले ब्याक गरेर मारेको नै भनेका छन्। तर, प्रहरीले कर्तव्य ज्यानको जाहेरी लिन नै मानेको थिएन। घटनाको दुई  दिन पछाडि मात्रै जाहेरी दर्ता भएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोध ढुंगेलका अनुसार सामान लिएर जाँदै गरेको गाडी ब्याक हुँदा दुर्घटना भएको हो। चालक र गाडी नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको उनले बताए। जानजान गल्ती गर्नेलाई सजाय हुने उनले दाबी गरे। गाडी चालक बागलुङका अर्जुन क्षत्री प्रहरी हिरासतमा छन्। 

जिल्ला प्रहरी परिसर काठमाडौका डिएसपी अंगुर जिसी भन्छन्, जानाजान घटना घटाएको छ भने, सवारी ज्यानसम्बन्धी ऐनको १६१ क  अनुसार कसैलाई मार्छु भन्ने नियतअनुसार नै ठक्कर दिएको पुष्टि भएमा उसलाई कर्तव्य ज्यान सरहकै सजाय हुन्छ। २० वर्ष कैदसम्म हुनसक्छ। यस्तो अवस्थामा मार्ने नियत थियो भन्ने पुष्टि हुनुपर्छ। अर्को अवस्थाअनुसार सवारी ज्यानसम्बन्धी ऐनको १६१ ख अनुसार लापरबाहीपूर्व सवारी चलाउँदा ज्यान गएको हुन्छ। यस्तो अवस्थामा ८ वर्षसम्म कैद सजाय र जरिवाना हुनसक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.