७ बैंकका सेयरधनीको हात खाली

७ बैंकका सेयरधनीको हात खाली
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : हाल सञ्चालनमा रहेका २० ओटा वाणिज्य बैंकमा दर्जन बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई जसोतसो लाभांश दिन सफल भए। तर यसमध्ये ७ वाणिज्य बैंकले भने सेयरधनीको हात खाली पारेका छन्। यी बैंकले गतआवको मुनाफाबाट लाभांश दिनै सकेनन्। यद्यपि अझै कृषि विकास बैंकले गत आवको मुनाफाको लाभांश घोषणा गरिसकेको छैन। यसले के गर्ला भन्नेमा सेयरधनीहरू जिज्ञासु छन्। यसैले कृषि विकास बैंकले लाभांश वितरण गर्ला वा नगर्ला भन्नेमा आशंका छ।

यद्यपि हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वटा वाणिज्य बैंकमध्ये १८ वटाले आर्थिक वर्ष २०७९–०८० का लागि लाभांश घोषणा गरिसके। जसमध्ये सानिमा, एनआईसी एसिया, माछापुच्छ्रे, एभरेस्ट, सिटिजन्स बैंक, लक्ष्मी सनराइज, नेपाल एसबीआई, ग्लोबल आईएमई, नबिल, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ बैंकले लाभांश वितरण गरिसकेका छन्। तर नेप्सेमा सूचीकृत नभएको सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्यले भने ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ। 

यता गत आवको नाफाबाट लाभांश नबाँड्ने निर्णय गर्ने ‘क’ वर्गको बैंकहरूमा प्राइम, हिमालयन, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एनएमबी, कुमारी, नेपाल बैंक र प्रभु बैंक र रहेका छन्।

गत आवको मुनाफाबाट कसले कति दिए लाभांश ?

वाणिज्य बैंकमध्ये गत आवको नाफाबाट सबैभन्दा बढी लाभांश दिनेमा एनआईसी एसिया देखिन्छ। यस बैंकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.५२ प्रतिशत नगद लाभांश वितरण गरेको छ। यस्तै, एभरेस्ट बैंकले चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ लाभांश वितरण गरेको छ। यस्तै, सानिमा बैंकले चुक्ता पुँजीको ९ प्रतिशत बोनस सेयर र ५.७ प्रतिशत नगद गरी कुल १४.७० लाभांश वितरण गरिसकेको छ। यसैगरी क्रमशः एसबीआई बैंकले चुक्ता पुँजीको १०.५५ प्रतिशत (३.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ६.८० प्रतिशत नगद लाभांश), ग्लोबल आईएमई बैंक ९ प्रतिशत लाभांश (८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस सेयर) दिएका छन्।

यसबाहेकका नबिल, सिटिजन्स, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्डले नगद लाभांशमात्रै वितरण गरेका छन्। जस्मा नबिल बैंकले ११ प्रतिशत र सिटिजन्स बैंकले चुक्ता पुँजीको ५.७९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत र सिद्धार्थ बैंकले ४.२१ प्रतिशत नगद लाभांश वितरण गरेका छन्। तर एनआईसी एसिया, माछापुच्छ्रे र लक्ष्मी सनराइज बैंकले बोनसमात्रै वितरण गरेका छन्। यस्मा क्रमशः माछापुच्छ्रे बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गरेको छ।

एनआईसी एसियाले २९ प्रतिशत बोनस सेयर र लक्ष्मी सन्राइज बैंकले ७.३७ प्रतिशत (७ प्रतिशत बोनस वितरण गर्ने र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश) लाभांश वितरण गरेका छन्। तर सबैभन्दा कम लाभांश सिद्धार्थ बैंकको छ। सो बैंकले ४.२१ प्रतिशत नगद लाभांशमात्रै दिएको देखिन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.