डडेलधुरामा राष्ट्रपति रनिङ शिल्ड सुरु
डडेलधुरा : डडेलधुरामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ। शुक्रबारदेखि सुरु भएको प्रतियोगिताको प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रकाश देउवाले उद्घाटन गर।
प्रतियोगितामा ७ वटा पालिकाका खेलाडीको सहभागिता रहेको छ। प्रतियोगितामा छात्रछात्रा भलिबल, एथ्लेटिक्स, कबड्डी, मार्सलआर्टका विभिन्न विधामा खेल हुने छ।