दुबई जान लागेकी युवती अवैध मुद्रासहित विमानस्थलबाट पक्राउ
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध मुद्रासहित दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिन्धुपाल्चोककी १९ वर्षीय सुस्मिता गोले र ३४ वर्षीय माइला स्याङबो रहेको प्रहरीले जनाएको छ।
फ्लाइ दुबईको उडानबाट सोमबार दुबई जान लागेकी सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ की गोलेको साथबाट विभिन्न मुलुकका अवैध मुद्रा फेला परेको हो।
अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थानमा होल्ड ब्याग चेकजाँच गर्ने क्रममा साउदी रियाल १ लाख ५० हजार र यूएई दिराम १० हजार रुपैयाँसहित फेला परेको विमानस्थल प्रहरीले जनाएको छ। रकमबारे सोधपुछ गर्दा उक्त रकम सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ का स्याङबोले दिएको बताएपछि तत्कालै उनलाई पनि प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको हो।
स्याङबोले सो रकम आफूले नै गोलेलाई दिएको स्वीकार गरेपछि अवैध मुद्रासहित दुवैजनालाई आवश्यक अनुसन्धान एवं कानुनी कारवाहीका लागि आज राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !