अमेरिकाबाट फिर्ता कलाकृति राष्ट्रिय संग्रहालयमा

अमेरिकाबाट फिर्ता कलाकृति राष्ट्रिय संग्रहालयमा
सुन्नुहोस्

काठमाडौं : मुलुकका विभिन्न मठ, मन्दिरबाट चोरी भएका ५४ वटा मूर्ति यस वर्ष स्वदेश फर्काइए। ती सबै राष्ट्रिय कला संग्रहालय छाउनीमा राखिएका छन्। लोभलाग्दा र आकर्षक ती कलाकृति विभिन्न समयमा चोरी भएर विदेश पु¥याइएका थिए। तीमध्ये ५० वटा त अमेरिकाबाट फिर्ता गरिएको संग्रहालयले जनाएको छ। 

नेपालबाट चोरी भएर पुग्ने कलाकृतिलाई विदेशीले संकलन गर्ने गर्छन। उनीहरूले घर, पाटी, पौवा तथा धार्मिक स्थानमा सजाउने गर्छन्। तीमध्ये केही मात्रै स्वदेश फर्काउने गरिन्छ, अधिकांश उतै हराउँछन्। राष्ट्रिय कला संग्रहालयको ८५औं वार्षिकोत्सवका अवसरमा मंगलबार विभिन्न देशबाट फिर्ता गरिएका कलाकृति प्रदर्शनीमा राखिए। संग्रहालयले ०५२ सालदेखि विभिन्न देशबाट ११० वटा कलाकृति फिर्ता गरेको छ। जसमध्ये ६ वटा कलाकृति पुरानै ठाउँमा पुनस्र्थानान्तरण गरिएका छन्। 

संग्रहालय प्रमुख जयराम श्रेष्ठका अनुसार नेपाली कलाकृति ००७ सालपछि नै हराउन सुरु भएको हो। खुला सिमानाको फाइदा उठाउँदै तस्करहरूले नेपाली कलाकृति महँगो मूल्यमा विदेशमा बेच्ने गर्छन्। पछिल्लो समय तस्करीमा केही कमी आए पनि पूर्णरूपमा बन्द भइसकेको छैन। श्रेष्ठ भन्छन्, नेपाली कलाकृति जहाँ पुगे पनि हामीले कूटनीतिक पहल गरेर नेपाल फिर्ता ल्याएका छौं। विदेशका सार्वजनिक स्थान, ग्यालरी तथा मठमन्दिरमा रहेका, अक्सनमा राखेको सूचना थाहा पाएमा नेपाल सरकारले तत्कालै फिर्ता ल्याउन पहल गर्छ।’

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली कला संस्कृति र पहिचान बोकेका मूर्तिहरू चोरी निकासी हुनु गलत भएको बताए। नेपाली कालीगढले बनाएका महत्वपूर्ण चित्र, मूर्ति तथा कलाहरू संरक्षण गर्नु सबैको दायित्व भएको मन्त्री किरातीले बताए। नेपाल कला संस्कृतिमा धनी भएको बताउँदै पर्यटनमन्त्री किरातीले नेपालमा पर्यटक भिœयाउनका लागि सांस्कृतिक हवका रूपमा विकास गर्न सरकार लागि परेको जानकारी दिए। 

कार्यक्रममा सांस्कृतिक झाँकी प्रस्तुति गरिएको थियो। संग्रहालयमा भएका पुराना फोटाहरू प्रदर्शनी सुरु भएको छ। संग्रहालय प्रमुख श्रेष्ठका अनुसार राष्ट्रिय संग्रहालयमा हाल हजारौं कलाकृति संकलन भएका छन्। जसमा तामा तथा धातुका मूर्ति र कलाकृति, काठमा स्कप्चर तथा तोरणहरू माटोका मूर्तिहरू अनि ढुंगाबाट बनाइएका कलात्मक आकृतिहरू संकलन गरिएको छ। वार्षिकोत्सवको अवसरमा विदेशबाट फिर्ता भएका मूर्तिहरूको विवरण समेटिएको पुस्तक पनि सार्वजनीक गरिएको छ। 

कसरी फिर्ता हुन्छन् कलाकृति ?

संग्रहालय प्रमुख श्रेष्ठका अनुसार नेपालवाट विदेशमा घुम्न गएका विभिन्न कलाकार तथा पुरातत्वविज्ञ र कलापारखीले विदेशका ग्यालरीमा नेपाली कलाकृति देखेपछि सरकारलाई सूचना दिन्छन्। उताका ग्यालरीमा अक्सनमा राखिरहेका सूचना नेपाल सरकार, पुरातत्व विभाग तथा संग्रहालयले पाउने गर्छन्। त्यसपछि कूटनीतिक पहल गरेर नेपाल फिर्ता ल्याउने प्रक्रिया अघि बढ्छ। विभिन्न मठमन्दिर तथा सार्वजनिक स्थानमा भएका कलाकृति हराएको सूचना पनि सार्वजनिक भइरहेको हुन्छ। यसकै आधारमा पनि त्यस्ता कलाकृतिको सूक्ष्म निगरानी गरिरहेकै हुन्छ। 

विदेशी संग्रहालयमा गएका काठमा विभिन्न कलाकृति कुँदिएका प्यानलहरू पनि फिर्ता भएका छन्। यस्ता प्यानलहरू चोरी निकासी भएर आयो भन्दै विभिन्न देशले पनि नेपाल सरकारलाई खवर गर्ने गर्छन्। अमेरिकामा रहेको नेपाली राजदूतावासको सहकार्यमा यस्ता कलाकृति फिर्ता हुने गर्छ। कतै छ भन्ने थाहा भएपनि नेपाल सरकारका विभिन्न निकायले त्यो कलाकृति हाम्रो हो भन्दै निवेदन गर्नेछन्। पछिल्लो समय मूर्तिहरू फिर्ता हुने क्रम बढ्दो रहेको श्रेष्ठले जानकारी दिए। 

संग्रहालय प्रमुख श्रेष्ठका अनुसार अवैध तरिकाले ओसार पसार भै विभिन्न देश पुगेका सामग्री सम्बन्धको महासन्धिमा नेपालले हस्ताक्षर गरेको छ। युनेस्कोले यो सन् १९९७ मा पारित भएको हो। यो महासन्धिको आधारमा अवैध रूपमा विदेश पुगेका कलाकृति फिर्ता ल्याउनका लागि अन्तर्राष्ट्रिय कानुनले पनि सहयोग गर्छ। यसका साथै नेपाल सरकारले पनि विभिन्न स्रोत प्रयोग गरेर कलाकृति फिर्ता गरिरहेकै हुन्छ। 

चोरी भएका ५४ वटा मूर्तिमध्ये ५० वटा अमेरिकाबाट फिर्ता गरिएको राष्ट्रिय कला संग्रहालयले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.