भन्सार छलिका सामानसहित पक्राउ परेका युवकलाई इन्स्पेक्टरले त्यतिकै छाडिदिए

भन्सार छलिका सामानसहित पक्राउ परेका युवकलाई इन्स्पेक्टरले त्यतिकै छाडिदिए
भद्रपुर-५ स्थित दोभान नाकाबाट भन्सार छलेर भित्र्याइएको एसियन पेन्ट्सको १६ कार्टुन इनामेल, थ्रीनर र प्राइमर।
सुन्नुहोस्

झापा : केही महिनाअघि बोर्डरबाटै भारतीय रूपैयाँसहित पक्राउ परेका दुई युवकलाई छाडेको घटना सेलाउन नपाउँदै वडा प्रहरी कार्यालय भद्रपुरले तस्करीका सामानसहित पक्राउ परेका एक युवकलाई पनि त्यतिकै छाडिदिएको छ। 

वडा प्रहरी कार्यालयबाट खटिएका सादा पोसाकको प्रहरी टोलीले मंगलबार साँझ अन्दाजी ७ बजेको समयमा नेपाल-भारत सीमा पिलर ९९ बाट भन्सार छलेर सामान ओसार्ने भद्रपुर नगरपालिका-५ का एक्का भन्ने आकाश कामतीलाई पक्राउ गरेको थियो। 

लाइन मेन कामतीको समूहले ५० हजार मूल्य बराबरको एसियन पेन्ट्सको १६ कार्टुन इनामेल, थ्रीनर र प्राइमर भन्सार छलेर भित्र्याउन लाग्दा प्रहरीले सामानसहित कामतीलाई पक्राउ गरेको थियो। कामतीलाई पक्रेर वडा प्रहरी कार्यालय लगिए पनि अन्य दुई लाइन मेन सामान छाडेर भाग्न सफल भएका थिए। 

तर, वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले दबाब र प्रभावमा परेर सामानसहित पक्राउ परेका कामतीलाई राति नै छाडिदिएको घटना बाहिर आएको छ। 
मंगलबार राति नै जिल्ला प्रहरी कार्यालय झापाले सञ्चारकर्मीलाई पठाएको प्रेस नोटमा मान्छे पक्राउ गरिएको भन्ने विवरण कहीँकतै खुलाइएको छैन। प्रेस नोटमा ५० हजारको सामान मात्र उल्लेख गरिएको थियो। 

यसबारे प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता तथा इन्स्पेक्टर ढुण्डिराज गिरीसँग बुझ्दा उनले भने, ‘वडा प्रहरीले जे विवरण पठाएको हो, त्यही विवरण सञ्चारमाध्यम र सञ्चारकर्मीलाई पठाइदिएको हो।’ उनले पक्राउ परेका मान्छेको बारेमा वडा प्रहरीका इन्स्पेक्टरसँग बुझ्न आग्रह गरे। यता वडा प्रहरीका इन्स्पेक्टर सञ्जीव बोगटीले बरामद गरिएका सामान भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको बताए। 

पक्राउ परेका मान्छेलाई आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा हिजै राति आफन्तजनलाई बोलाएर जिम्मा लगाइसकेको उनको भनाइ छ। स्रोतका अनुसार सामानसहित मान्छे वडा प्रहरी पुर्‍याएलगतै जनप्रतिनिधि र त्यहीका केही पहुँच भएका व्यक्तिले इन्स्पेक्टरलाई बारम्बार फोन गर्दै मान्छे छाडिदिनु पर्‍यो भन्दै दबाब दिएका थिए। 

भद्रपुर भन्सार कार्यालयका प्रमुख अमित तिवारीका अनुसार सामानसहित पक्राउ परेका मान्छेको हकमा प्रहरी प्रतिवेदनमा सामानको मूल्य उल्लेख भएबमोजिमको धरौटी रकम बुझाएर मान्छेलाई तारिखमा छाडिने प्रावधान रहेको बताए। ५० हजार मूल्य बराबरको सामानको हकमा प्रति मान्छे ६५ हजार धरौटी रकम बुझाउनुपर्ने कानुनी प्रावधान गरेको उनले बताए। 

सामानसहित पक्राउ परेका कामती समूहका लाइनमेनहरुले भद्रपुर-५ स्थित ९९ पिलर आसपास दोभान नाकाबाट राई बस्ती हुँदै गणेश मन्दिर छेउबाट ठूला मात्रामा भन्सार छलेर सरसामान दिनहुँ जसो भित्र्याइरहेको छ। उनीहरूले व्यापारी र कारोबारीले दिएको अर्डरबमोजिम जस्तोसुकै सरसामान प्रहरीको आँखा छलेर होस वा सेटिङ मिलाएर होस् भित्र्याइरहेको स्थानीय स्रोतको दाबी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.