प्रहरीले कारबाही नगरी छाडेका युवकको समूहले फेरि भित्रायो भन्सार छलेर कपडा

प्रहरीले कारबाही नगरी छाडेका युवकको समूहले फेरि भित्रायो भन्सार छलेर कपडा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

झापा : वडा प्रहरी कार्यालय भद्रपुरले तस्करीका सामानसहित पक्राउ परेका एक युवक (लाइनमेन)लाई कारबाही नगरी छाडेको भोलिपल्ट त्यही समूहले प्रहरीलाई चुनौती दिँदै फेरि भन्सार छलेर सामान भित्राएको पाइएको छ । 

वडा प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधबार साँझ ७ बजेतिर भद्रपुर नगरपालिका– ५ स्थित राई बस्ती नजिकैबाट लत्ताकपडा बरामद गरेको हो । नेपाल- भारत सीमा पिलर ९९ बाट भन्सार छलेर ल्याएको चार पोका कपडा घरभित्र भित्र्याउनै लाग्दा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

बरामद गरिएका ३० थान साडी ,१६ थान झुल, ४९० पिस राधेराधे लेखिएको गम्छा, ४१ थान पण्डाल र पर्दाको कपडा गरी अन्दाजी ७० हजार मुल्य बराबरको सामान रहेको प्रहरीले जनाएको छ । बरामद गरिएका लत्ताकपडा भद्रपुर भन्सार कार्यालय बुझाउने तयारी भइरहेको जनाइएको छ ।  

सादा पोशाकको प्रहरी टोलीले मंगलबार साँझ अन्दाजी ७ बजेतिर त्यही नाकाबाट भन्सार छलेर सामान ओसार्ने भद्रपुर नगरपालिका– ५ का एक्का भन्ने आकाश कामतीलाई पक्राउ गरेको थियो। लाइन मेन कामतीको समूहले ५० हजार मूल्य बराबरको एसियन पेन्ट्सको १६ कार्टुन इनामेल,थ्रीनर र प्राइमर भन्सार छलेर भित्र्याउन लाग्दा प्रहरीले सामानसहित कामतीलाई पक्राउ गरेको थियो।  

तर,वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सञ्जीव बोगटीले दबाब र प्रभावमा परेर सामानसहित पक्राउ परेका कामतीलाई राति नै छाडिदिएका थिए। पक्राउ परेका मान्छेलाई आइन्दा यस्तो गल्ती नदोहोर्‍याउने सर्तमा मंगलबार राति आफन्तजनलाई बोलाएर जिम्मा लगाएको वडा प्रहरीका इन्स्पेक्टर  बोगटीले बताएका थिए । 

तर,इन्स्पेक्टर बोगटीले छाडेको कामती समूहले उल्टै इन्स्पेक्टरलाई चुनौती दिँदै भोलिपल्टै फेरि सामान तस्करीको माध्यमबाट नेपाल भित्रायो । भद्रपुर–५ स्थित ९९ पिलर आसपास दोभान नाकाबाट भन्सार छलेर ठूलो मात्रामा सरसामान नेपाल भित्रिरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.