बचत अपचलन आरोपमा बैंकका कर्मचारविरुद्ध मुद्दा

बचत अपचलन आरोपमा बैंकका कर्मचारविरुद्ध मुद्दा
सांकेतिक तस्बिर।
सुन्नुहोस्

रुकुमपश्चिम  : रुकुम पश्चिमको आठविसकोट नगरपालिका–९ राडीबजारको प्रभु बैंकका बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा अप्रेसन इन्चार्ज निरजविक्रम शाहविरुद्ध मुद्दा दर्ता गरिएको छ। उनले १ करोड ३१ लाख २५ हजार रुपैयाँ अपचलनको आरोपमा मुद्दा दर्ता गरिएको हो।

बैंकको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शरदराज तिमिल्सिनाको नेतृत्वमा अनुसन्धान गर्न आएको टोलीले शाहविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता गराएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जानकारी दिए। उनका  अनुसार मुद्दा दर्ता भएसँगै घटनाको अनुसन्धान सुरु गरिएको छ। 

शाह विगत ६ वर्षदेखि बैंकमा कार्यरत थिए। उनीविरुद्ध बचतकर्ताको रकम अपचलन गरेको आरोप छ। शाह अहिले सम्पर्कमा नरहेको बैंकले जनाएको छ। छानबिनका क्रमा बचतकर्ताको रकम अपचलन गरेको पाइएको हो। 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.