बुटवलका साइकलयात्रीको नेपाल–भारत पर्यटन यात्रा

बुटवलका साइकलयात्रीको नेपाल–भारत पर्यटन यात्रा
सुन्नुहोस्

बुटवल : बुटवलमा रहेका साइकलयात्रीहरू नेपाल भारत पर्यटन यात्रामा निस्किएका छन्। बुटवलको शिद्धभूमि क्षेत्र सिद्धबाबा र भारतको गोरखनाथ बाबाको सम्बन्धबारे प्रवर्द्धन गर्नका लागि शुक्रबार पर्यटन यात्रामा निस्किएको बुटवल युनाइटेड साइक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठले जानकारी दिए। 

पर्यटन यात्रामा उनीसहित २० जना साइकल यात्री सवार छन्। धार्मिक र साहसिक खेल पर्यटन विकास गर्ने उद्देश्यका साथ दुई दिने इण्डो नेपाल धार्मिक पर्यटन यात्राको सुरुवात गरिएको उनको भनाइ छ। २१ सय वर्षअघि भारत वर्षमा पर्ने उज्जैनका चक्रवती सम्राट भतृहरि राजाको वैराग्यपछि उत्तरापन्थ सिद्धबाबा क्षेत्रमा तपस्या गरी सिद्धि प्राप्त गरेको किवदन्तीलाई उजागर गर्ने गरी साइकल यात्रामा निस्किएको श्रेष्ठले बताए। 

गोरखनाथ बाबाको निर्देशनमा भतृहरि राजा नेपालमा आएर ध्यान गरी सिद्ध प्राप्त गरेको पवित्र र तपोभूमिको प्रचारप्रसार गरी पर्यटक भित्र्याउने लक्ष्य साइकलयात्रीहरूको रहेको छ। नेपाल–भारतको पुरानो सम्बन्धलाई उजागर गर्दै धार्मिक पर्यटन बढाउने गरी पहिलोपटक साइकल यात्रा गरिएको कार्यक्रम संयोजक रवीलाल सुवेदीले बताए। 

प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव  जयप्रकाश भट्टराई, सिद्धबाबा धाम मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष अम्मर खड्का, सल्लाहकार लकुश श्रेष्ठलगायतले साइकल मानव स्वास्थ्य, पर्यटन र खेलसँग जोडिएको भन्दै नेपालमा यसैबाट साहसिक पर्यटनको विकास गर्न सकिने बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.