नेदरल्याण्ड्सविरुद्ध नेपाललाई दोस्रो सफलता
काठमाडौं : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले नेदरल्याण्ड्सको दोस्रो विकेट लिएको हो।
नेपालका लागि नेदरल्याण्ड्सका म्याक्स ओडाउडलाई पाँचौं ओभरको अन्तिम बलमा ललित राजबंशी र भीम सार्कीले रन आउट गराएका हुन् । उनी २१ बलमा १ छक्कासहित १० रन बनाएर आउट भए।
त्यस अगाडि सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सको विकेट लिएका थिए । कामीको बलमा माइकल लेभिटलाई देव खनालले क्याट आउट गराए।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध दोस्रो खेलमा नेपालले दीपेन्द्रसिंह ऐरी र खनाललाई टोलीमा समावेश गरेको छ। आजको खेलमा आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी बेञ्चमा रहेका छन्।
नेपालको टोली : रोहित पौडेल, आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, ललित राजवंशी
नेदरल्याण्ड्स टोली : म्याक्स ओडाउड, नोआह क्रोस, शारिज अहमद, आर्यन दत्त, स्कट एडवार्डस (कप्तान), माइकल लेभिट, भिभिएन किंग्मा, वेस्ली बरेसी, साइब्रान्ड एंगलब्रेक्ट, बास डे लिड, काइल क्लेन
प्रतिक्रिया दिनुहोस !