आईसीसी क्रिकेट विश्वकप लिग-२

नेपाललाई चौथौ सफलता, ललितले लिए अर्को विकेट

नेपाललाई चौथौ सफलता, ललितले लिए अर्को विकेट

काठमाडौं : नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाललाई चौथो सफलता मिलेको छ। आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा जारी खेलमा नेपालका ललित राजबंशीले नेदरल्याण्ड्सको चौथो विकेट लिएका हुन्।

नेदरल्याण्ड्सका बास डे लिडलाई १९ ओभरको दोस्रो बलमा राजबंशीले आउट गराएका हुन्। उनी ४४ बलमा २७ रन बनाएर आउट भए।  त्यस अगाडि साइब्रान्ड एंगलब्रेक्टलाई राजबंशीकै बलमा अनिल साहले क्याच आउट गराएका थिए। उनले ३५ बलमा २३ रन प्रहार गरे।

त्यस अगाडि म्याक्स ओडाउडलाई पाँचौं ओभरको अन्तिम बलमा ललित राजबंशी र भीम सार्कीले रन आउट गराएका थिए । सोमपाल कामीले पहिलो ओभरको तेस्रो बलमा नेदरल्याण्ड्सको पहिलो विकेट लिएका हुन्। कामीको बलमा माइकल लेभिटलाई देव खनालले क्याट आउट गराए। 

नेदरल्याण्ड्सले अहिले २१ औं ओभरको समाप्तिमा ४ विकेटको क्षतिमा ७६ रन बनाएर खेलिरहेको छ।

आजको खेलमा आरिफ शेख, पवन सर्राफ, सूर्य तामाङ, करण केसी बेञ्चमा रहेका छन्।null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.