‘कृषि, पर्यटन र जलविद्युत्लाई प्राथमिकता’

‘कृषि, पर्यटन र जलविद्युत्लाई प्राथमिकता’
सुन्नुहोस्

नुवाकोट : अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी बजेटमा कृषि, पर्यटन र जलविद्युत्लाई प्राथमिकता दिइने बताएका छन्। जनतासँग प्रत्यक्ष सरोकारका योजनालाई सरकारले बजेटमा विशेष रूपमा समावेश गर्ने उनको भनाइ छ। 

नुवाकोटको ककनी गाउँपालिका–७ चतुरालेस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३औं स्थापना दिवस तथा अभिभावक भेलाको उद्घाटन गर्दै अर्थमन्त्री डा. महतले आम्दानी अनुसार खर्चलाई सीमित बनाउन सरोकारवाला निकायलाई निर्देशनसमेत दिए। अहिलेको अवस्थामा अति आवश्यकतामा मात्रै खर्च गर्न उनले जनतालाई सचेत गराए। 

सरकारले अबको बजेटमा उत्पादन, कृषि, पर्यटन, जलविद्युत् र निर्यातलाई समावेश गरेर नीति तथा कार्यक्रम ल्याउनेसमेत सुनाए। उनले शिक्षा आधुनिकताअनुसार प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए। अर्थमन्त्रि डा. महतले हल्ला गरेजस्तो देशमा आर्थिक समस्या नरहेको पुष्ट्याइँ गरे। देशमा आर्थिकमन्दी र शिथिलता हट्दै गएको उनले दाबी गरेका छन्। उनले देशमा अर्थतन्त्र चलायमान भइरहेको दाबी गर्दै अर्थव्यवस्था समस्यामा नरहेको जनाए। 

डा. महतले नुवाकोटको पुरानो पासाङल्हामु मार्गको ककनी–जुरेथुम–पिपलटार सडकखण्ड सरकारले बनाउने प्रतिबद्धता जाहेर गरे। उनले त्यसका लागि १ अर्ब ३३ करोड रुपैयाँ व्यवस्था भएको उल्लेख गर्दै केही दिनमा टेन्डर आह्वान हुने जानकारी दिए।  अर्थमन्त्री डा. महतले आउँदो आर्थिक वर्षको बजेट पूर्वाधार निर्माण, सीपयुक्त शिक्षा र रोजगारी सिर्जनामा केन्द्रित हुने बताए। जनताको आम्दानीको स्रोत वृद्धि हुने गरी रोजगारी सिर्जना गर्न आगामी नीति तथा कार्यक्रम र बजेट केन्द्रित गरिने सुनाए।

डा. महतले मुलुकमा अब राजनीतिक तथा आर्थिक स्थिरता आएकाले विकासले गति लिनेमा विश्वास व्यक्त गरे। ‘चीनको केरुङ नाकालाई जोड्न निर्माण भइरहेको गल्छी–त्रिशूली–रसुवागढी सडक निर्माण पूरा गर्न र टोखा–छहरे सुरुङमार्गको काम अघि बढाउन संघीय सरकारकाले प्राथमिकता दिएको छ,’ उनले भने। 

उनले स्वजरोजगारमूलक सीपमा जोड दिँदै यसवाटै युवाशक्तिको संरक्षण हुने दाबी गरे। डा. महतले युवा शक्तिहरू विदेशी रहेको र उनीहरूलाई स्वदेशमै स्वरोजगारका कार्यक्रम सञ्चालन गर्न बजेटमा सरकारले सीप र स्वरोजगारलाई प्राथमिकता दिने बताए। 

डा. महतले देशमै होटेल र होमस्टेका विभिन्न विद्याका सीप सिकाउनेदेखि विद्युतीय सामग्री मर्मतलगायत काममा आधारित तालिमबाट युवा शक्ति बिदेसिनबाट रोकिनेसमेत बताए। जनताले अब जुन क्षेत्रमा लगानी गर्दा बढी प्रतिफल आउँछ, त्यही पेसा र व्यवसाय गर्न उत्साहित हुनुपर्ने बताए।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.