बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययनपछि दोषीमाथि कारवाही हुन्छ

बालकुमारी घटनामा प्रधानमन्त्रीको जवाफ : प्रतिवेदन अध्ययनपछि दोषीमाथि कारवाही हुन्छ

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ललितपुरको बालकुमारी घटनामा दोषी देखिएकाहरूलाई कारवाही हुने बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधाननमन्त्री दाहालले छानविन समितिको प्रतिवेदन अध्ययनपछि दोषी देखिएकाहरूलाई कारवाही हुने बताएका हुन्।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बालकुमारी घटनामा दोषी देखिएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई  बरखास्त किन नगरेको भन्दै सरकारलाई प्रश्न गरेको थियो। एमालेका सचेतक महेश बर्तौलाले छानविन समितिको प्रतिवेदनले समेत बालकुमारी घटना मन्त्री ज्वालाकै कारण भएको निष्कर्ष निकाल्दा समेत कारबाही नगरेको भन्दै सरकारको ध्यानाकर्षण  गराएका थिए। सोही विषयलाई स्पष्ट पार्दै प्रधानमन्त्री दाहालले प्रतिवेदन अध्ययनपछि दोषी देखिएका जोकोहीलाई कारवाही गरिने बताएका हुन्।

प्रधानमन्त्री दाहालले घटनामा संलग्न देखिएकाहरूलाई  तत्काल निलम्बन गर्ने, छानबिन प्रक्रिया अघि बढाउने र मृतकका परिवारलाई १० लाख क्षतिपूर्ति दिने तत्काल निर्णय भएको जानकारी गराए।

उनले छानबिन समितिले घटना अनुसन्धानको प्रतिवेदन गृहमन्त्रालयमा बुझाइसकेको र अध्ययनपछि दोषी देखिएकाले कारवाही गरिने बताए। प्रधानमन्त्रीले भने,'छानविन समितिले प्रतिवेदन गृहमन्त्रालयमा बुझाइसकेको छ। प्रधानमन्त्रीको हैसियतले आज मैले बुझ्दैछु। हेर्दैछु। हालसम्म हेरेको छैन । आज क्याबिनेट छ। सरकारले बनाएको छानविन समितिले तयार पारेको प्रतिवेदनको अध्ययन गरेपछि आवश्यक कारवाही गरिन्छ। यो विश्वास दिलाउन चाहन्छु।'

सरकारले मृतकको परिवारलाई १० लाख दिएर त्यसपछि चुप लाग्यो भन्ने कुरा सत्य नभएको बताए। 'घटना विशेष भएकै कारणले गम्भीरुपमा लिएर  मृतकका परिवारका एक/एकजनालाई रोजगारी दिने निर्णय भएको छ। घटनालाई गम्भीरता र संवेदनशीलतालाई हेरेर सरकार अगाडि बढेको छ।'

भाषा परीक्षामा सहभागी हुनुपर्ने माग गर्दै १३ पुसमा ललितपुरको बालकुमारीस्थित इपीएस कोरिया शाखा कार्यालय परिसरमा प्रदर्शन भएको थियो । सोही  प्रदर्शनका क्रममा दुईजना  युवकको मृत्यु भएको थियो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.