मोरङमा अर्धचेत अवस्थामा भेटिइन् किशोरी, बलात्कार आरोपमा रिसोर्ट सञ्चालक पक्राउ

मोरङमा अर्धचेत अवस्थामा भेटिइन् किशोरी, बलात्कार आरोपमा रिसोर्ट सञ्चालक पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङको उर्लाबारीमा आइतबार बिहान एक जना किशोरी अर्धचेत अवस्थामा भेटिएकी छन्। मिक्लाजुङ घर भएकी १७ वर्षीया किशोरी उर्लाबारी नगरपालिका–४ आइतबारेमा अचेत अवस्थामा फेला परेकी हुन्। 

प्रहरीका अनुसार उनी अध्ययनका लागि उर्लाबारीमै कोठा भाडामा लिएर बस्दै आएको खुलेको छ। स्थानीय नवराज भट्टराईको गाईगोठमा अर्धचेत अवस्थामा फेला पारेर बिहान ८ बजेतिर स्थानीयले घटनाको जानकारी दिएको प्रहरीले जनाएको छ। 

घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर देवेन्द्र दास नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो। दास नेतृत्वकै टोलीले उद्धार गरेर किशोरीलाई उपचार एवं स्वास्थ्य परीक्षणका लागि विराटनगरतर्फ पठाएर घटनाको अनुसन्धान अघि बढाएको छ। 

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट किशोरी बलात्कृत भएको खुलेको छ। बलात्कार (जबरजस्ती करणी)पछि अचेत भएकी उनलाई गाईगोठमा ल्याएर छाडिएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए। ‘प्रलोभनमा पार्दै एउटा होटलमा लगेर बलात्कार गरेपछि किशोरी अचेत भइछन्। त्यसपछि ल्याएर गोठमा छाडेपछि बलात्कारमा संलग्न फरार भएको पाइयो,’ उनले भने। 

दाहालका अनुसार किशोरीलाई बलात्कार गरेको आरोपमा एउटा रिसोर्टका सञ्चालकलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा उर्लाबारी–५ मिलनचोकका ४१ वर्षीय रविन गुरुङ रहेका छन्। प्रहरीका अनुसार गुरुङ उर्लाबारी–३ मा रहेको प्रार्थना रि–ट्रीट नामक रिसोर्टका सञ्चालक हुन्। 

किशोरीका अभिभावकले दिएको किटानी जाहेरीका आधारमा आरोपीलाई पक्राउ गरेर घटनाको अनुसन्धान थालिएको जानकारी डीएसपी दाहालले दिए। गुरुङविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइने उनको भनाइ छ। 

उनका अनुसार सोधपुछका क्रममा किशोरीले पनि आफू बलात्कृत भएको बताएकी छन्। आरोपी गुरुङले ललाइफकाइ प्रलोभनमा पारेर किशोरीलाई उर्लाबारी–४ स्थित कात्तियानी हेरिटेज होटलमा पुर्‍याएको दाहालले बताए। ‘कोठा लिएर होटलमा राखेपछि जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्यो,’ उनले भने, ‘अचेत भएर केही पनि थाहा नपाउने अवस्थामा पुगेपछि नजिकैको गाईगोठमा लगेर छाडेको पत्ता लाग्यो।’

प्रहरीका अनुसार उनलाई गाईगोठमा छाडेर गुरुङ फरार बनेका थिए। अर्धचेत अवस्थामा फेला परे पनि किशोरीको शरीरको बाहिरी भागमा भने चोटपटक नदेखिएको दाहालले बताए। उनका अनुसार उपचार सुरु गरेपछि अवस्था सामान्य बन्दै गएको छ। ‘अहिलेसम्म घटनामा १ जनाको मात्रै संलग्नता देखिएको छ। अरु पनि संलग्न छन् कि भनेर अनुसन्धानको दायरामा फराकिलो पारिएको छ,’ डीएसपी दाहालले भने, ‘अरुको संलग्नता देखिएमा पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याइने छ। थप कुरा अनुसन्धानपछि खुल्छ।’ 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.