‘अफवाह फैलाइयो, ४ कारणले डुब्दैनन् बैंक’

‘अफवाह फैलाइयो, ४ कारणले डुब्दैनन् बैंक’
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : बैंक तथा वित्तीय संस्थाका बारेमा अफवाह फिँजाइएको भन्दै बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले आपत्ति जनाएको छ। बैंक तथा वित्तीय संस्थाको वित्तीय सूचकहरू सबल रहेको भन्दै परिसंघले बैंकिङ प्रणालीमा कुनै जोखिम पनि दाबी गरेको हो।

परिसंघले जारी गरेको विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरूको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति/समूहबाट बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण गर्नेे कार्य भएकामा यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। सिबिफनका अनुसार सबल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानुन तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूका अक्षरशः पालना गर्दै सञ्चालित छन्।

परिसंघले केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहीन विषयहरूको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरूको वास्तविक तथ्यहरूका बारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूका आधिकारिक प्रतिनिधिहरूलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ।

२०८० पुस मसान्तसम्म कुल गार्हस्थ्य उत्पादनको ११३.९३ प्रतिशत निक्षेप, कुल गार्हस्थ्य उत्पादनको ९४.४७ प्रतिशत कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा सञ्जाल रहेको बैंक तथा वित्तीय संस्थाहरूको मुख्य वित्तीय परिसूचकहरू स्वस्थ एवं सबल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सिर्जना नभएको परिसंघले जनाएको छ। परिसंघका अनुसार बैंक तथा वित्तीय संस्थाहरूको अत्यन्त सबलीकरण र पारदर्शीरूपमा सञ्चालन हुने सुनिश्चितता गर्न देहायबमोजिमको कानुनी व्यवस्था लागू गरिएको छ।

  • १) बैंक तथा वित्तीय संस्था सञ्चालनसम्बन्धी ऐन २०७३, तथा सो ऐनबमोजिम जारी भएको नियम तथा सोबमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशनबमोजिम सञ्चालन हुने।
  • २) अन्तर्राष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमित रूपमा सुपरिवेक्षण तथा अनुगमन भई विभिन्न निर्देशन जारी हुने र सोको परिपालनाको नियमित अनुगमन हुने र 
  • निर्देशन पालना नभए कानुनबमोजिम आवश्यक कारबाही हुने।
  • ३) बैंक तथा वित्तीय संस्थाहरूको आर्थिक परिसूचकहरू जस्तै पुँजी पर्याप्तता अनुपात, तरलता अनुपात, निक्षेप कर्जा अनुपात, अनिवार्य नगद मौज्दात अनुपातलगायतका विभिन्न
  •  प्रमुख वित्तीय तथा गैरवित्तीय परिसूचकहरूको सम्बन्धमा नियमित रूपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सोसम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानुनबमोजिम कारबाही हुने।
  • ४) नेपाल राष्ट्र बैंकबाट जारी निर्देशनबमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको ५ लाख रुपैयाँसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको ‘निक्षेप तथा कर्जा सुरक्षण कोष’मार्फत सुरक्षण गरिएको हुने।
     

प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.