क्यानडा-११ विरुद्ध नेपाल ‘ए’ ले लियो ३ विकेट
काठमाडौं : क्यानडा-११ विरुद्धको एकदिवसीय सिरिजमा नेपाल ‘ए’ले ३ विकेट लिएको छ। मूलपानी क्रिकेट मैदानमा टस जितेर बलिङ गरिरहेको नेपालले क्यानडाको ३ विकेट लिएको हो।
नेपालका लागि शेर मल्लले १९.२ ओभरमा सृमन्थ विजयरत्नेलाई आउट गराएका हुन्। उनी ५७ बलमा ४१ रन बनाएर आउट भए। त्यस अगाडि शाहब आलमले १४.३ ओभरमा निकोलस किर्तन र सागर ढकालले ११.३ ओभरमा आरोन जोन्सनलाई आउट गराएका थिए। जोन्सनले ३८ बलमा ३६ रन बनाए। 
आजको खेलमा नेपाल ‘ए’का कप्तान सन्दीप जोराले क्यानडा-११ लाई ब्याटिङको निम्तो दिएका हुन्। क्यानडाले २१ ओभरमा ३ विकेटको क्षतिमा ९७ रन बनाएर खेलिरहेको छ।
नेपाल ‘ए’ले आज टोलीमा दुई परिवर्तन गरेर खेलेको छ। विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन्। पहिलो खेलमा क्यानडा–११ सँग चार विकेटले पराजित भएको छ। मूलपानी मैदानमा नेपालले दिएको दुई सय १७ रनको लक्ष्य क्यानडाले ४९.३ ओभरमा पूरा गरेको थियो।
नेपाली टोली : अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, रशिद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल
बेञ्च : विनोद भण्डारी, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी
प्रतिक्रिया दिनुहोस !