वीरगन्जमा कर्फ्यु जारी रहने

वीरगन्जमा कर्फ्यु जारी रहने
सुन्नुहोस्

वीरगन्ज : सर्वदलीय–सर्वपक्षीय बैठकपछि मंगलबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले सोमबारदेखि जारी कर्फ्युलाई निरन्तरता दिने निर्णय गरेको छ। अवस्था अझै पूर्ण नियन्त्रणमा आइनसकेकाले जारी कर्फ्युलाई निरन्तरता दिने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लम्सालले जानकारी दिए। 

यसैबीच कर्फ्यु लगाउँदा पनि मंगलबार वीरगन्जको अवस्था दिनभर तनावग्रस्त रह्यो। कर्फ्यु लागे पनि वीरगन्जका ठाउँ ठाउँमा हिन्दुवादीहरूले टायर बालेर प्रदर्शन गरेका थिए। घडिअर्वामा मंगलबार बिहान  टायर बालेर प्रदर्शन गरेकाहरूलाई प्रहरीले लखेट्ने क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। 

त्यसक्रममा त्यहाँबाट प्रहरीले पाँच जना युवालाई नियन्त्रणमा पनि लिएको थियो। मंगलबार वीरगन्जका विभिन्न स्थानबाट कर्फ्यु उल्लंघन गरेको आरोपमा प्रहरीले ३० भन्दा बढीलाई नियन्त्रणमा लिएको थियो। यसअघि सोमबार वीरगन्जको इदगाह चोकमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ११ जना सुरक्षाकर्मी घाइते पनि भएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.